‘तत्काल लागू हुने गरी युद्धविराममा सहमति भयो’ पाकिस्तानका विदेशमन्त्रीले भने,

Share to:

एजेन्सी/बैशाख २७,

विश्वमा पाकिस्तानका विदेशमन्त्री इशाक डारले पाकिस्तान र भारत तत्काल प्रभावकारी हुने गरी युद्धविराममा सहमत भएको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा गरेको घोषणालाई डारले पुष्टि गरेका हुन्। ‘पाकिस्तानले सधैं आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा सम्झौता नगरी क्षेत्रीय शान्ति र सुरक्षाका लागि प्रयास गर्दै आएको छ,’ डारले एक्समा लेखेका छन्। यो अप्रत्याशित युद्धविरामको घोषणा भारत र पाकिस्तान दुबै पक्षले शनिबार बिहानसम्म एकअर्कामाथि आक्रमणको आरोप लगाइरहेका बेलामा आएको हो।

Like