प्रदूषण नै पचाउने कीरा

Share to:

रासंसा/काठमाण्डौ, आश्विन १२,

मुलुकमा पानीमा बस्ने सानो आकारको एक प्रकारको झिँगाले पानीबाट प्रदूषण छुट्याउन भूमिका खेल्न सक्ने देखिएपछि वैज्ञानिकहरु उत्साहित भएका छन्। विषाक्त पानीलाई केही उपाय लगाएर सफा गरी पुनः खोलामै फर्काउने विधि नयाँ होइन। तर सफा भनिएको पानी पनि पूर्ण रुपमा सफा हुँदैन। तिनमा अझै पनि रासायनिक प्रदूषण भने कायमै रहन्छ। यस्तो पानी खोलाबाट अघि बढ्दै जाँदा नहर, कुलो हुँदै खोलासम्म पुग्छन्। तिनै कुलोमार्फत खेतमा सिँचाइ हुन्छ र त्यस्ता पानी पटाएर उत्पादन गरिएका खाद्यवस्तु पनि विषाक्त हुन्छ। भ्याकुम क्लिनरले जसरी फोहोर सोस्छ, उसैगरी प्रदूषण र विषाक्त चिज पानीबाट सोस्ने विधि पत्ता लगाइएको ब्रिमिङ्घम विश्वविद्यालयका मेकानिकल इन्जिनियरिङका प्राध्यापक कार्ल डियर्नले बताएका छन्। यस्तो विषाक्तता घटाउन अहिले जुन प्रविधि पाइन्छ, त्यो ज्यादै महँगो छ। यति महँगो छ कि सबैतिर यसलाई प्रयोग गर्न सकिएको छैन। साइन्स अफ टोटल इन्भायरोमेन्ट नामक जर्नलमा लुइसा ओर्सिनी लेख्छिन्, ‘हामीले जनस्वास्थ्यमा नराम्रो असर पार्ने केही प्रदूषित चिज पानीमा घोल्यौं र पानीमा पाइने फ्लिजहरुलाई त्यसमा बढाउँदै लग्यौँ। तिनले दूषित चिजहरु पचाउँदै पानीलाई तुलनात्मक रुपमा कम प्रदूषित बनाउन भूमिका खेलेको पायौँ।’ त्यसैले वैज्ञानिकहरुले यसको प्राकृतिक उपचार खोजिरहेका छन्। प्राकृतिक उपचार जहिले पनि निकै सस्तो मात्र नभई यसलाई वृहद्स्तरमा फैलाउन पनि सकिन्छ। र, त्यो प्राकृतिक उपचार हो, वाटर फ्लिज (जल पिस्सु)। यो वाटर फ्लिजको वैज्ञानिक नाउँ डाफ्निया हो। यसका ४५० प्रजाति पाइन्छन्। यिनले आफ्नो वरपरका अल्गाई या सानासाना चिजबिजहरु सोस्ने गर्छन्। यिनले विषाक्त चिज पनि सोस्छन्। यसका लागि उनीहरुले ल्याबमा १९००, १९६०, १९८० र २०१५ देखिका प्रदूक्षण पानीमा घोलेका थिए। कति वाटर फ्लिज भयो भने प्रदूषित पानीको मात्रा घट्छ भन्ने जाँच्नका लागि वैज्ञानिकहरुले ती कीराहरुको क्लोनिङ गर्दै संख्या बढाउँदै जान थाले। ‘यदि यो प्रयोग सफल भएको हो भने यसले हाम्रो प्रयासमा निकै ठूलो परिवर्तन ल्याउन सक्छ,’ परीक्षणमा सहभागी नभएका इन्डियाना विश्वविद्यालयमा वातावरणीय विषाक्तताका अध्येता तथा वैज्ञानिक जोसेफ आर. सअको प्रतिक्रिया छ। प्रयोगशालामा एउटा ठूलो ट्याङ्कमा जम्मा भएका प्रदूषित पानीमा ९० प्रतिशत डिक्लोफेनाक, ६० प्रतिशत आर्सेनिक, ५९ प्रतिशत एस्ट्राजाइन र ५० प्रतिशत पिएफओएसको मात्रालाई वाटर फ्लिजले अवशोषित गरेको पाइएको थियो।

Like