नेपाल-बंगलादेश सम्बन्ध जनस्तरसम्म पुर्‍याउन जोड दिईने

Share to:

एजेन्सी,

मुलुकमा नेपाल र बंगलादेशबीच रहेको सांस्कृतिक, पर्यटन र व्यापार सम्बन्ध जनस्तरसम्म पुर्‍याउन सके द्विपक्षीय विकासको गति बढाउन सकिने एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। शुक्रबार नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित ‘नेपाल–बंगलादेश व्यापार, पर्यटन र संस्कृति’ नामक सेमिनारमा सहभागी सरोकारवालाले यस्तो धारणा व्यक्त गरेका हुन्। नेपाल र बंगलादेशबीच रहेको सांस्कृतिक, पर्यटन र व्यापार सम्बन्ध जनस्तरसम्म पुर्‍याउन सके द्विपक्षीय विकासको गति बढाउन सकिने एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाल–बंगलादेश सम्बन्ध ऐतिहासिक रहेको प्रस्ट पार्दै अब त्यसमा नयाँ आयाम थप्नुपर्ने बताए। ‘विगतमा बंगलादेश समस्यामा हुन्थ्यो। त्यतिबेला उसलाई समस्या पर्दा नेपालले सहयोग गरेको इतिहास छ’, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले भने, ‘पछिल्लो समय हाम्रा (नेपाल) का विपद्मा बंगलादेशले अतुलनीय सहयोग गरेको छ।’ अब त्यस्तो सम्बन्धलाई सांस्कृतिक रूपमा बलियो पार्दै दुई देशको विकाससँग जोड्नुपर्ने मन्त्री भण्डारीले बताए। बंगलादेशका लागि पूर्व नेपाली राजदूत वंशिधर मिश्रले बंगलादेशले नेपाल भनेपछि अत्यधिक सम्मान र आदर गर्ने गरेको आफूले पाएको बताए। उनले भने, ‘म झन्डै दुई वर्ष त्यहाँ बसें, कहिल्यै अर्को देशमा छु जस्तो लागेन। निकै मित्रवत् र सहयोगी देशका रूपमा मैले बंगलादेशलाई पाएँ।’ ‘महाभूकम्पका बेला त त्यहाँको विमानस्थल नै नेपालको झैं प्रयोग भयो। प्रधानमन्त्री शेख हसिनाले निकै सहयोगी भाव दर्शाउनुभयो। कोभिडका बेला निकै सहयोग भयो’, उनले भने। बंगलादेशका राजनीतिज्ञ, कूटनीतिज्ञ र त्यहाँको समाजले नेपाली भन्नासाथ आदर भाव प्रकट गर्ने गरेको आफ्नो अनुभव सुनाए। नेपाल र बंगलादेशबीचको यो सम्बन्ध अब दुई देशबीचमा मात्र नभई जनस्तरसम्म पनि जोडिनुपर्ने पूर्वराजदूत मिश्रले बताए। उनले भने, ‘हाम्रा तमाम समानता छन् र उस्तै विविधता पनि छन्। मुख्य कुरा सामूहिक स्वार्थ समान छ। यस्तोमा दुई देश र जनस्तरमा सहयोग आदानप्रदान गर्न सके दुवै देशको विकासमा राम्रो टेवा पुग्नेछ।’ पछिल्लो समय नेपाल–बंगलादेशका बीचमा भएको विद्युत् व्यापार सम्झौताले बंगलादेशसँग अन्य आपसी सम्बन्ध र सहकार्यका लागि बाटो खोलेको पनि उनले बताए। बंगलादेशका लागि पूर्व नेपाली राजदूत वंशिधर मिश्रले बंगलादेशले नेपाल भनेपछि अत्यधिक सम्मान र आदर गर्ने गरेको आफूले पाएको बताए। उनले भने, ‘म झन्डै दुई वर्ष त्यहाँ बसें, कहिल्यै अर्को देशमा छु जस्तो लागेन। निकै मित्रवत् र सहयोगी देशका रूपमा मैले बंगलादेशलाई पाएँ।’ नेपाल-बंगलादेश मैत्री संघको आयोजनामा भएको उक्त कार्यक्रममा दिपायल सिलगढी नगरपालिका डोटी र नेपाल पर्यटन बोर्डले प्रवद्र्धनात्मक भूमिका खेलेका थिए। ‘हामीलाई थाहा छ, पछिल्लो समय बंगलादेशले आर्थिक तथा सामाजिक दृष्टिकोणबाट राम्रो विकास गरेको छ। त्यो विकासको अभ्यास र अनुभव हामीलाई पनि खाँचो छ’, उनले भने, ‘त्यसका लागि हामी सहकार्य गरेर अघि बढ्न चाहन्छौं। दुवै देशका सरकारले वातावरण निर्माण गर्न जरुरी छ।’ बंगलादेशका जनप्रतिनिधि सम्मिलित प्रतिनिधिमण्डल समेत सहभागी रहेको कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजीसिंह खड्काले बंगलादेशका नगर सरकारसँग सहकार्य गरेर जनस्तरको सम्बन्ध कायम गर्न आफूहरू लालायित रहेको बताए। नेपाल र बंगलादेशबीचको सांस्कृतिक विविधता र नेपालको पर्यापर्यटकीय सम्भावनाका क्षेत्र बंगलादेशी पर्यटकका लागि रुचिका गन्तव्य बन्न सक्ने नगर प्रमुख खड्काले बताए। यस्तै यहाँका मौलिक उत्पादन बंगलादेशी बजारसम्म पुर्‍याउन सके नेपालको पनि आर्थिक विकासमा टेवा पुग्ने उनले बताए। बंगलादेशी नागरिक अभियन्ता शेख शाह आलमले दक्षिण एसिया सांस्कृतिक विविधतामा निकै धनी रहेको उल्लेख गर्दै त्यसका लागि फरक संस्कृतिका बीचमा परस्पर सम्बन्ध जरुरी रहेको बताए। उनले भने, ‘हाम्रा भिन्न सांस्कृतिक विशेषता रहे पनि भावना सदैव एक छन्। समग्रमा हामी सांस्कृतिक विविधताले धनी छौं। यसलाई सामूहिक शक्तिका रूपमा प्रयोग गर्नुपर्छ।’ नेपाल-बंगलादेश मैत्री संघको आयोजनामा भएको उक्त कार्यक्रममा दिपायल सिलगढी नगरपालिका डोटी र नेपाल पर्यटन बोर्डले प्रवद्र्धनात्मक भूमिका खेलेका थिए।

Like