१६ वर्षपछि बलात्कारपछि हत्या गरेर फरार भएका दुई अभियुक्त पक्राउ

Share to:

रासंसा/सुनसरी, ज्येष्ठ ८,

मुलुकमा धरानकी एक महिलालाई बलात्कारपछि हत्या गरेर फरार भएका अभियुक्त १६ वर्ष पश्चात पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-१२ की २५ वर्षीया ललिता राईलाई बलात्कार गरेर हत्या गरि फरार रहेका धनकुटा शहिदभुमी गाउँपालिका–१ का ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए। इलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई धनकुटाको शहिदभुमी गाउँपालिकाबाट पक्राउ गरी सार्वजनिक गरेको छ । दुबै अभियुक्तहरुले ललितालाई बलत्कार गरि हत्या गरेको स्विकार गरेको प्रहरीलाई बयान दिएका छन् । उनीहरुविरुद्ध कर्तव्य ज्यान सम्बन्धि कसुर अन्तर्गत जिल्ला अदालत सुनसरीबाट १० दिनको म्याद थप गरी घटनाको अनुसन्धान थालिएको डीएसपी मल्लले बताए। उनीहरुले ललितालाई २०६४ मंसिर २३ गते धरानको बलभद्रेश्वर अरुणेदय धर्मशालाको कोठा नम्बर २१८ मा राखेर पालैपालो जबरजस्ती करणी गरि घाटी थिचेर हत्या गरेका थिए । हत्यापश्चात फरार रहेका उनीहरुलाई १६ वर्षपछि पक्राउ गर्न धरान प्रहरी सफल भएको डीएसपी मल्लले बताए।

Like