नेपाल शिक्षक सघ तनहुँका सचिव नरेन्द्र न्यौपानेद्वारा ज्ञापन पत्र पेस

Share to:

अन्जनराज न्यौपाने/तनहुँ, बैशाख २९,

नेपाल शिक्षक संघ तनहुँ विद्यालयमा कार्यरत लोकतन्त्रवादी शिक्षकहरूको पेसागत संस्थाको रूपमा विगत तीन दशकदेखि शिक्षाकर्मीहरुको पेशागत हकहित मर्यादा एवं विद्यार्थी तथा समग्र देशको शैक्षिक उन्नयनका लागि निरन्तर क्रियाशील रहेको सबैमा विदितै छ।
यस सन्दर्भमा हालसालै तनहुँका केही पालिकामा शिक्षक र सम्बन्धित विद्यालयहरुको बि. ब्या. स. को दोहोरो सहमती वेगर शिक्षकहरु लाई सरुवा गरेर शिक्षकहरुलाई आतङ्कित बनाएको अवस्था प्रति नेपाल शिक्षक संघ, तनहूँको गम्भिर ध्यानाकर्षण भएको छ । एकातर्फ संघीय शिक्षा ऐन र प्रदेश शिक्षा ऐन जारी नगरेर शैक्षिक अन्यौलता कायम गरिएको छ भने अर्को तर्फ ती दुवै ऐनजारी नहुँदै विधिको शासनको उपहास हुने गरी स्थानीय शिक्षा ऐन जारी गरी शिक्षकहरुलाई तारो बनाइएकाेछ। शिक्षकहरुलाई जवर्जस्ती सरुवा गर्दैमा शैक्षिक गुणस्तर वृद्धि हुन्छ भन्ने मानसिकतामा पालिकाहरू ग्रसित भएको देखिन्छ। शैक्षिक गुणस्तर बृद्धिका आधारभूत पक्षहरु जस्तै विद्यालयलाई प्रविधिमैत्री बनाउने, सबै शिक्षकहरूलाई प्रविधि सम्बन्धि तालिम प्रदान गर्ने, विद्यालयलाई आवश्यक दरबन्दी प्रदान गर्ने, समयमा नै विद्यार्थीको हातमा पाठ्‌यपुस्तक पुयाउने, शैक्षिक सेमिनार, गोष्ठी, अन्तरक्रिया गर्ने, विद्यालायको सुपरीवेक्षण गर्ने, नतिजाको समिक्षा गर्ने जस्ता कार्यहरूमा पालिकाहरूले पूर्णत: आँखा चिम्लिएको देखिन्छ । यी सवै पक्षहरु नेपाल सरकार र पालिकाको नजरमा गौण पक्ष मानिएको छ । शिक्षकलाई सरुवा गर्दैमा शैक्षिक गुणस्तरले फड्‌को मार्छ भन्ने गलत बुझाइ केही पालिकाको रहेको छ यसैले शिक्षक सरुवा कार्य बेतुकको बेमौसमी अभियान हुनुका साथै आम शिक्षकलाई प्रताडित गर्ने अभीष्टका रूपमा आएको भन्नेमा कुनै शंका छैन।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा पालिकाहरुलाई सहमती वेगर शिक्षकहरुलाई सरुवा गर्ने अधिकार भएको कहिँ कतै भेटिदैन। कुन कानूनको आधारमा शिक्षकहरुलाई सरुवा गरिएको हो, सो सम्बन्धमा हामी स्पष्ट हुन चाहन्छौं । जवर्जस्ती सरुवा गरिएको मानसिकता बोकेको शिक्षकले कसरी कक्षा कोठामा प्रफुल्ल भएर उच्च मनोवलका साथ शिक्षण गर्न सक्छ? कदापी सक्दैन। यसरी जवर्जस्ती शिक्षकहरुलाई गरिएको सरुवा प्रति हामी घोर भर्त्सना गर्दछौ र सम्बन्धित पालिकाले अबिलम्ब सरुवा फिर्ता नगरे शिक्षकहरू कक्षाकोठा बन्द गरेर सडकमा आउन बाध्य हुने कुरा जानकारी गराउदै अन्यायपूर्ण रूपमा गरिएको सरुवा खारेज गर्न नेपाल शिक्षक संघ सम्बन्धित सबै पक्षहरुलाई अनुरोध गर्दै ज्ञापन पत्र पेश गर्दछ ।

नरेन्द्र नाथ न्यौपाने
सचिव
नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति तनहुँ

बोधार्थ
१) जिल्ला स्थित १०वटै स्थानिय तहहरु ( गा.पा. र न.पा)
२) जिल्ला शिक्षा समन्वय इकाइ तनहू ।
३) जिल्ला समन्वय कार्यालय तनहूँ
४) जिल्ला स्थित संघिय एंव प्रदेश साम्सदहरु
५) नेपाल शिक्षक संघ प्रदेश कार्यसमिति
६) नेपाल शिक्षक संघ संघीय कार्यसमिति काठमाडौ
६) नेपाल शिक्षक महासंघ काठमाडौ

Like