राष्ट्रिय नागरिक विकास समाजको १३ औं वार्षिकोत्सव सम्पन्न, स्वतन्त्र राष्ट्रीय अध्यक्ष सम्मानित

Share to:

रासंसा/काठमाण्डौ, श्रावण २१,

मुलुकमा स्वतन्त्र पप्त्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष सम्मानित हुनुभएको छ । राष्ट्रिय नागरिक विकास समाजको १३ ओैं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा उहा सम्मानित हुनुभेको हो । समारोहमा समाजका अध्यक्ष एवं स्वतन्त्र पत्रकार संघ नेपालका महासचिव महेश विक्रम कुँवरको सभापतित्व तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरको प्रमुख आतिथ्यतामा राजधानिको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भब्यताकासाथ सम्पन्न भयो । विशिष्ट अतिथि नेपाली कांग्रेसका युवा नेता जगदीश नरसिंह केसी लगायत विशिष्ट ब्यक्तित्वहरुको उपस्थितिमा सम्पन्न भएको सो समारोहमा विभिन्न विधामा योगदान पुराएका स्रस्टाहरुलाई सम्मान गरिएको थियो । समारोहमा समाजका अध्यक्ष एवं स्वतन्त्र पत्रकार संघ नेपालका महासचिव महेश विक्रम कुँवरले उपस्थित सबै किसिमका टहपदीय महानुभावहरुलाई स्वागत गर्दै कार्यक्रममाथि पन्रु भएको थियो समारोहको सन्चालन वरिष्ठ लोकदोहोरी गायिका तथा सन्चारकर्मी विष्णु माया पौडेलले निकै सभ्य र भव्यताका साथ कार्यक्रम संचालन गर्नुभएको थियो । समारोहमा विभिन्न कालाकारहरुले सान्स्कृतिक कार्यक्रमको आयोजना गरेर समारोह निकै उत्साह र मनोरञ्जन झल्किएको थियो । समारोहमा सम्मानित स्रस्टाहरु विजय कुमार सिरनेथ ठकुरी, राजन प्रसाद घिमिरे, तारा प्रसाद त्रिपाठी, राजु श्रेष्ठ, मोनिका बस्नेत, मैया थापा, डा. इन्दुल केसी, कृष्ण प्रसाद बास्तोला, तिल माया गौतम, रुद्र प्रसाद लामिछाने, अन्जु गिरि, राजु कार्की, हरिचन्द्र फुयाल, सुलोचना गरुतम, कमल खड्का, जयराम थापा, सुभास जंग कुँवर, रबि बस्नेत, राम शरण श्रेष्ठ, हरिराम भेटवाल, याद कुमार विश्वकर्मा, देविकुमारी राउत हुनुहुन्छा । समान अधिकार, समान अवसर,हिंसामुक्त समाज हामि सबैको सरोकार मूल नाराकासाथ सम्पन्न सो समारोहमा स्वतन्त्र पत्रकार संघ नेक्पालका वरिष्ठ उपाध्यक्ष एवं यस राष्ट्र संरक्षण डट कम तथा साप्ताहिकका प्रधान सम्पादक के. बि. सम्राटको विशेष आतिथ्यतासंगै पशुपति अन्नपुर्णा आश्रमकी केन्द्रीय सदस्य एवं धार्मिक समीतिकी संरक्षक माता भद्रकालीको अतिथ्यता थियो थियो । यस्तै सरसफाई अभियानका अभियन्ता समाजसेवी प्रकाश कुँवरको अतिथिको आतिथ्यता थियो । समारोहमा आयोजक संस्था राष्ट्रिय नागरिक बिकास सम्माज र ग्लोबल फ्रिन्द्शिप फाउन्देशन नेपालका पदाधिकारीहरुको विशेष उपस्थिति थियो । प्रमुख अतिथिको आसनबाट मन्त्रि कुँवरले समाजमा उत्कृस्ट योगदान पुराएका स्रस्टाहरुलाई राज्यले सम्मान गर्न नसकेपनि राष्ट्रिय नागरिक विकास समाजले सम्मान गरेकोमा खुशी ब्यक्त गर्दै आज मलाई समारोहमा प्रमुख अतिथिको आतिथ्यता गराई समाजका त्यस्ता उत्कृष्ट श्रष्टाहरुलाई सम्मान गर्न पाउदा विशेष त मा समाजका अध्यक्ष महेश विक्रम कुँवरलाई धन्यवाद दिंदै आयोजकका सबै तह पदीय महानुभावहरुलाई धन्यवाद दिनुभयो । विशेष अतिथिको आसनबाट नेपालि कांग्रेसका युवा नेता जगदीश नरसिंह केसीले समाजमा यस्ता स्रस्टाहरु छन् जो जान पहिचान हुन नसकेर परिचय गर्न सकेका छैनन् उनीहरुलाई पर्दामा ल्याएर आयोजक संस्थाले सम्मान गरेकोमा खुशी ब्यक्त गर्दै समाजमा उत्कृष्ट योगदान गर्ने सम्मजसेविहरुलाइ हौसला र जागरण थपिने विश्वास गर्नुभयो । समारोहमा सम्मानित स्रष्टाहरुलाई अतिथिको आसनापश्चात सम्मान गरिएको थियो । समारोहको सन्चालन वरिष्ठ लोकदोहोरी गायिका तथा सन्चारकर्मी विष्णु माया पौडेलले निकै सभ्य र भव्यताका साथ कार्यक्रम संचालन गर्नुभएको थियो ।

Like