थप ६६० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
रासंसा/काठमाण्डौ, श्रावण २१,
मुलुकमा देशभर पछिल्लो २४ घण्टामा थप ६ सय ६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ८२ जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार ९ सय ४२ जनाको पीसीआर र २ हजार ७ सय ४० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६ सय ६० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शनिबार ४ सय ४४ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार ६ सय ४१ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Like