दमौलीमा शुक्रबार देखि व्यास मेयर कप–२०८३’ फुटबल प्रतियोगिता हुने

अन्जनराज न्यौपाने
खेलकुद विशेष
तनहुँ, १२ कात्तिक

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद» भन्ने मूल नाराका साथ तनहुँको सदरमुकाम दमौलीमा भोलि (शुक्रवार) देखि ‘प्रथम व्यास मेयर कप–२०८३’ अन्तर वडास्तरीय फुटबल प्रतियोगिता आयोजना हुँदैछ। प्रतियोगिताको तयारी र यससम्बन्धी विस्तृत जानकारी दिन आज व्यास नगरपालिकाको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो।
व्यास नगर खेलकुद समितिको आयोजनामा सञ्चालन हुने यस प्रतियोगितामा व्यास नगरपालिकाभित्रका १४ वटै वडाका खेलाडीहरूको सहभागिता रहनेछ भने
खेल उद्घघाटन शुक्रवार बिहान ठीक ८:०० बजे विपि खेलमैदान व्यास-३ मा हुनेछ।उक्त
प्रतियोगिता ११ ए साईड (11 A Side) अन्तर वडास्तरीय फुटबल प्रतियोगिता भएको आयोजकले जनाएको छ।फुटबल खेलकुद कार्यक्रमको उद्घाटन व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले गर्ने भएका छन । साथै, उद्घाटन समारोहमा व्यास नगरउपप्रमुख इन्दिरा दरै, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल लगायत १४ वटै वडाका वडाध्यक्षहरू तथा अन्य जनप्रतिनिधिहरूको पनि आतिथ्य रहने आयोजकले जनाएको छ।
खेलकुदप्रतिको उत्साह र वडास्तरको आपसी सद्भाव अभिवृद्धि गर्न यस प्रतियोगिताले महत्त्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ।
