सिड्नीमा समेत स्थापना भयो वि.पि विचार सङ्ग्रह केन्द्र
लामो समयदेखि वि. पि.का विचार सिद्धान्त र साहित्यलाई नेपालमा मात्र नभएर विदेशमा समेत फैलाउने काममा अविरल लाग्दै आउनुभएका क्रियाशील व्यक्ति एवं विपी सङ्ग्रहालय सुन्दरीजलका संस्थापक अध्यक्ष, नेपाली काङ्ग्रेसको नेता वि पि पाेखरेलकाे क्रियाशीलतामा जननेता वि. पि. को ४१औँ स्मृति दिवसको अवसर पारेर सिड्नीमा वि.पि. विचार संग्रह केन्द्रको शाखा गठन गरिएको छ ।
सङ्ग्रह केन्द्र स्थापनाकाे उद्देश्य भनेको वि. पि.का विचार सिद्धान्त र साहित्यलाई जिवन्त राख्ने नै हो र आजको युवा पुस्तामा वि. पि.का विभिन्न पाटालाई अन्तर्राष्ट्रिय जगतमा फैलाउने रहेको छ।
नेपाली राजनीति बुझ्नकाे लागि वि. पि.लाई नबुझी अधुरो रहनेे भएकोले पनि वि. पि. विचार संग्रह केन्द्रको महत्व अधिक रहेको बताउनुहुन्छ परशुराम पोखरेल ।
संग्रह केन्द्रको गठनमा महत्त्वपूर्ण भूमिका खेल्नुकाे अलावा सोहि कार्यक्रममा प्रमुख अतिथिकाे भूमिका समेत निर्वाह गर्नुभएका पाेखरेलले वि. पि.का योगदानकाे चर्चा र युवा पुस्तामा विपीकाे महत्व किन छ भन्दै प्रस्ट पार्नुभयो ।
नवगठित केन्द्रकाे अध्यक्षमा उज्ज्वल ढकाल, सचिवमा निशाला ढकाल, कोषाध्यक्षमा इश्वर खड्काकाे अलावा सदस्यमा नविन घले र आविष्कार रिमाल रहनुभएको छ ।