Thursday, November 5, 2026
Latest:
इे-पेपरतनहुँ जिल्लाको विशेष समाचारदेशप्रदेश-१प्रदेश-२प्रदेश-३ [बागमती]प्रदेश-४ [गण्डकी]प्रदेश-५ [लुम्बिनी]प्रदेश-६ [कर्णाली]प्रदेश-७ [सुदुर पश्चिम]मुख्य समाचारशिक्षासमाचारहेडलाइन

तनहुँको म्याग्दे गाउँपालिकाअन्तर्गतका विभिन्न ५ वटा माध्यमिक विद्यालयहरूमा सञ्चालित ‘SEE लक्षित विशेष उत्प्रेरणा तथा तयारी कक्षा’ (SEE Boost Up & Motivational Class) भव्यताका साथ सम्पन्न

Share to:


अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
तनहुँ सूचना ब्युरो
तनहुँको म्याग्दे गाउँपालिकाअन्तर्गतका विभिन्न ५ वटा माध्यमिक विद्यालयहरूमा सञ्चालित ‘SEE लक्षित विशेष उत्प्रेरणा तथा तयारी कक्षा’ (SEE Boost Up & Motivational Class) भव्यताका साथ सम्पन्न भएको छ। म्याग्दे गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको आयोजनामा आगामी माध्यमिक शिक्षा परीक्षा (SEE) लाई लक्षित गरी विद्यालय प्राङ्गणहरूमा उक्त विशेष कक्षा सञ्चालन गरिएको हो।
यस अभियानअन्तर्गत मिति २०८३ कात्तिक ११ गतेदेखि कात्तिक १८ गतेसम्म पालिकाभित्रका विद्यालयहरूमा देहायअनुसार चरणबद्ध रूपमा कार्यक्रम सम्पन्न भएको थियो:
श्री रत्न माध्यमिक विद्यालय (म्याग्दे–६): २०८३ कात्तिक ११ गते
श्री मीन माध्यमिक विद्यालय (म्याग्दे–४, थर्पु): २०८३ कात्तिक १३ गते
श्री राधा माध्यमिक विद्यालय (म्याग्दे–२, जामुने): २०८३ कात्तिक १६ गते
श्री महेन्द्र माध्यमिक विद्यालय (म्याग्दे–१, गुणादी): २०८३ कात्तिक १७ गते
श्री जनगणपति माध्यमिक विद्यालय (म्याग्दे–३, अधिकारी थोक): २०८३ कात्तिक १८ गते

सम्बन्धित विद्यालयहरूमा संक्षिप्त ५ वा १० मिनेटको औपचारिक उद्घाटन सत्रपश्चात् मुख्य कार्यक्रमको सहजीकरण प्रमुख उत्प्रेरक वक्ता (Motivational Speaker) श्री राम भक्त घिमिरेले गर्नुभएको थियो।
कार्यक्रममा प्रेरणात्मक वक्ता राम भक्त घिमिरेद्वारा परम्परागत भाषणभन्दा फरक शैली अपनाउँदै भिडियो प्रस्तुति, व्यावहारिक अभ्यास, मेडिटेसन तथा जीवन उपयोगी उदाहरणहरू मार्फत कक्षा सञ्चालन गरिएको थियो। कार्यक्रममा एकपक्षीय भाषण मात्र नभई विद्यार्थीहरूको मन, सोच र व्यवहारमा प्रत्यक्ष असर पार्ने प्रभावकारी सामग्री प्रस्तुत गरिनु यस तालिमको मुख्य विशेषता रहेको सहभागीहरूको भनाइ थियो।
तालिमका क्रममा विद्यार्थीहरूलाई ज्ञान दिने, मनोरञ्जन गराउने, हँसाउने–रुवाउने भावनात्मक प्रस्तुति, ध्यान अभ्यास (मेडिटेसन) का साथै सकारात्मक आचरण र व्यवहारमा रूपान्तरण गर्ने जीवनोपयोगी सन्देशहरू प्रदान गरिएको थियो। यसका साथै पढाइमा ध्यान र स्मरण शक्ति बढाउने विशेष सूत्रहरू, परीक्षाको तनाव, डर र चिन्ता व्यवस्थापन, मोबाइल कुलत नियन्त्रण तथा सकारात्मक अभिभावकत्व (Positive Parenting) सम्बन्धी परामर्शसमेत दिइएको थियो।
यस प्रकारको फरक शैली र जीवन्त प्रस्तुतिले विद्यार्थीहरूलाई परीक्षाको तनाव व्यवस्थापन गर्न र उच्च आत्मविश्वास बढाउन ठूलो सहयोग पुगेको सम्बन्धित विद्यालयहरूले जनाएका छन्।

Like