स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला अध्यक्ष र सचिवहरुको दुईदिने राष्ट्रिय भेलासंगै अन्तरक्रिया कार्यक्रम सम्पन्न
रासंसा/कास्की,श्रावण ७,
मुलुकमा स्वतन्त्र पत्रकार संघ नेपाल जिल्लाका जिल्ला अध्यक्ष र सचिवहरुको दुईदिने राष्ट्रिय भेला सम्पन्नसंगै काहुँकोटको पर्यटकीय संम्भावना अन्तरक्रिया कार्यक्रम राष्ट्रिय अध्यक्ष कृष्ण प्रसाद बास्तोलाको सभापतित्वमा सम्पन्न भएको हह । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका महानगर प्रमुख धनराज आचार्यको आतिथ्यता रहेको स्वतन्त्र पत्रकार संघ नेपालका महासचिव महेश विक्रम कुँवरले हामीलाई जानकारी दिनुभयो । राष्ट्रिय पदाधिकारीहरु संस्थापक अध्यक्ष एवं अध्यक्ष कृष्ण प्रसाद बास्तोला, बरिष्ठ उपाध्यक्ष के. बि. सम्राट, उपाध्यक्ष द्वय बिरेन्द्र पाण्डे, लक्ष्मी गुरुङ, महासचिव महेश विक्रम कुँवर, उपमहासचिव त्रय सुरेश श्रेष्ठ, रत्न काजी प्रजापति र कल्याण पन्त, कोषाध्यक्ष बद्रि बहादुर दुलाल, सहकोषाध्यक्ष सिता दर्नाल, केन्द्रीय सदस्य निर्मला पोख्रेल, काठमाण्डौ जिल्ला अध्यक्ष पुस्कर राज पाण्डेकासाथ माता भद्रकाली, ललितपुर जिल्ला अधक्ष उपेश नौबाग र भक्तपुर जिल्लाबाट केन्द्रीय पार्सद प्रो. कृष्ण किसी र राष्ट्रिय सल्लाहकार डा. इन्दुल केसी र अछाम जिल्लाका अध्यक्ष बिष्णु बहादुर खड्काको उपस्थितिलगायतका स्वतन्त्र पत्रकारहरु तथा पत्रकारहरुको उपस्थिति थियो । कार्यक्रममा राष्ट्रिय महिला उपाध्यक्ष लक्ष्मी गुरुङले स्वागत मन्तब्य प्रकट गर्नुभएको थियो । कास्की जिल्ला अध्यक्ष असफल गौतमले आधार पत्र पढेर सुनाउनु भएको थियो भने उपमहासचिव सुरेश श्रेष्ठले त्यसको ब्याख्या गर्नुभएको थियो । राष्ट्रिय वैज्ञानिक अनिल सुबेदीले हाम्रा मुलुकका काहुँकोटजस्ता पर्यटकीयस्थलहरु प्रसस्त छन् यसका लागि हामि सबै सक्रिय भयौ भने मुलुक एउटा पर्यटकीयस्थलहरुको धनि हुने कुरामा दुइमत नरहेको कुरा बताउनुभयो । कार्यक्रममा पूर्ण लामा, ११ नम्बर वडाध्यक्ष प्रेम प्रसाद कर्माचार्य, टोल विकास संस्थाका सदस्य एवं होम स्टेका संचालकका तर्फबाट इन्दिरा आचार्य घोताले परिवारका तर्फबाट सदस्य लोक बहादुर गुरुङ, समाजशास्त्री संगीता गौतम तिमिल्सिना, सुबेदार इन्द्र बहादुर गुरुङ, आदर्श टोल विकास संस्थाका अध्यक्ष विष्णु प्रसाद आचार्य, स्वतन्त्र पाल्पा जिल्ला अध्यक्ष भोजराज भट्टराइ, दिपक प्रकाश आचार्य, मनोज काफ्ले पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदम लाल ढकाललगायतका बक्ताहरुले काहुँ डाँडाको पर्यटकीय संभावना अति सम्भब रहेको तर, हामि नै अघि नसरेको बताउनुभएको थियो । स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय सल्लाहकार डा. इन्दुल केसीले काहुँ डांडाको विषयमा चर्चा परिचर्चा गर्दै सुझाब दिनुभएको थियो । कार्यक्रममा उपस्थित स्वतन्त्र पत्रकारहरुले आफ्नो भावना प्रकट गर्नुभएको थियो । प्रमुख अतिथिको आसनबाट पोखरा माहानगरपालिका प्रमुख धनराज आचार्यले महानगरमा रहेका संभावित पर्यटकीय स्थलहरुको अवलोकन तथा निरीक्षण गरि त्यसको विकासका लागि महानगरले गर्नुपर्ने भूमिका निर्वाह गर्ने भन्दै स्वतन्त्र पत्रकाल संघ नेपालले यो आयोजना गरेकोमा धन्यवाद दिनुभएको थियो ।
