खेलकुदप्रदेश-३ [बागमती]मुख्य समाचार

नेपाली टोली एसिया कप राइजिङ स्टार्स खेल्ने

Share to:

राष्ट्रसंरक्षण डटकम/काठमाण्डौ, कार्त्तिक ३०,

मुलुकमा एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । एसिया कप राइजिङ स्टार्स प्रतियोगिता यही नोभेम्बर १९ तारिखदेखि कतारमा आयोजना हुँदैछ । नेपालले समूह चरणमा नोभेम्बर २० तारिखमा भारत, नोभेम्बर २२ मा युनाइटेड अरब इमिरेट्स (युएई) तथा नोभेम्बर २४ मा पाकिस्तानविरुद्ध खेल्ने तालिका छ । टोलीमा अनुभवी र युवा खेलाडी समावेश छन् । क्यानका सचिव पारस खड्काद्वारा जारी प्रेस विज्ञप्तिअनुसार घोषित नेपाली टोलीमा कप्तान सन्दीप लामिछानेसहित लोकेश बम, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिशेष गौतम, इशान पाण्डे, राशिद खान र देव खनालले पनि अवसर पाएका छन् ।

Like