स्वतन्त्र पत्रकार संघ नेपाल जिल्ला अध्यक्ष र सचिवहरुको दुईदिने राष्ट्रिय भेला सम्पन्न
रासंसा/कास्की,श्रावण ६,
मुलुकमा स्वतन्त्र पत्रकार संघ नेपाल जिल्लाका जिल्ला अध्यक्ष र सचिवहरुको दुईदिने राष्ट्रिय भेला सम्पन्न हुँदै गरेको स्वतन्त्र पत्रकार संघ नेपालका महासचिव महेश विक्रम कुँवरले हामीलाई जानकारी दिनुभयो । भेला पोखरा ११ काहुँंकोटमा भेला देशका विभिन्न जिल्लाहरुबाट काहुँकोट पुगेर एकदिनको भेला सम्पन्न भइ सकेको पनि उहाले जानकारी दिनुभयो । राष्ट्रिय पदाधिकारीहरु बरिष्ठ उपाध्यक्ष के. बि. सम्राट, महासचिव महेश विक्रम कुँवर, उपमहासचिव रत्न काजि प्रजापति र कोषाध्यक्ष बद्रि बहादुर दुलाल सहभागी भएको र काठमाण्डौ जिल्ला अध्यक्ष पुस्कर राज पाण्डेकासाथ माता भद्रकाली, ललितपुर जिल्ला अधक्ष उपेश नौबाग र भक्तपुर जिल्लाबाट केन्द्रीय पार्सद प्रो. कृष्ण किसी र राष्ट्रिय सल्लाहकार डा. इन्दुल केसी र अछाम जिल्लाका अध्यक्ष बिष्णु बहादुर खड्काकोउपस्थिति रहेको उहाले बताउनुभयो । भेलाको सभापतित्व स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले गर्नुभएको सो भेलाले संघको जिल्लाका समसामयिक विषयमा छलफल गरि निर्णायार्थ पुगेको छ । भेलाका लागि राष्ट्रिय पदाधिकारीहरु संस्थापक अध्यक्ष एवं अध्यक्ष कृष्ण प्रसाद बास्तोला, बरिष्ठ उपाध्यक्ष के. बि. सम्राट, उपाध्यक्ष द्वय बिरेन्द्र पाण्डे, लक्ष्मी गुरुङ, महासचिव महेश विक्रम कुँवर, उपमहासचिव त्यर सुरेश श्रेष्ठ, रत्न काजी प्रजापति र कल्याण पन्त कोषाध्यक्ष बद्रि बहादुर दुलाल, सहकोषाध्यक्ष सिता दर्नाल, केन्द्रीय केन्द्रीय सदस्य निर्मला पोख्रेललगायतका स्वतन्त्र पत्रकारहरुको उपस्थिति थियो ।