राष्ट्रपतिद्वारा १३ वटा विधेयक प्रमाणीकरण

Share to:

रासंसा/काठमाण्डौ, आषाढ ३१,

मुलुकमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ वटा विधेयक प्रमाणीकरण गरेकी छन्। राष्ट्रपतिले प्रमाणीकरण गरेका विधेयकमा लोकसेवा आयोगसम्बन्धी, बजेटसम्बन्धी, तेजाब तथा घातक रासायनिक पदार्थ नियमनसम्बन्धी, नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी, औषधिसम्बन्धी, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी, रेल्वे सम्बन्धी रहेका छन्। प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका १३ वटा विधेयकलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिएका छन्। विधेयकहरु राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै कानुनका रुपमा सक्रिय हुनेछ।

Like