भारतीय गुण्डा नेता लालु प्रसाद यादवको स्वास्थ्यमा सुधार

Share to:

एजेन्सी,

भारतका बिहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवको स्वास्थ्यमा सुधार आएको छ। उनकी छोरी तथा राज्यसभा सांसद मीसा भारतीले ट्वीटमार्फत यादवको स्वास्थ्यमा सुधार आएको जानकारी दिएकी हुन्। आइतबार लालु यादव पटनास्थित आफ्नो घरको भर्‍याङबाट लडेका थिए। उनको दाहिने काँधमा चोट लागेको थियो। त्यसपछि उनलाई पटनाको पारस अस्पतालमा भर्ना गरिएको थियो। शुक्रबार बिहानको तस्बिर ट्विट गर्दै उनले लेखेकी छन्, ‘तपाईंको मनोबल र प्रार्थनाका कारण लालुजीको अवस्था अहिले धेरै राम्रो छ। कृपया अफवाहहरूमा ध्यान नदिनुहोस्। साथ दिइराख्नुहोस्।’ तर उनको स्वास्थ्यमा थप जटिलता आएपछि उनलाई दिल्लीको एम्समा अस्पतालमा भर्ना गरिएको थियो। मीसा भारतीले ट्विट गर्दै लेखेकी छन्, ‘आदरणीय श्री लालु प्रसाद जीको स्वास्थ्यमा तपाईको प्रार्थना र एम्स दिल्लीको राम्रो उपचारले धेरै सुधार भएको छ। अब तपाईका लालुजी ओछ्यानबाट उठेर बस्न सक्षम हुनुहुन्छ। साहारा लिएर उभिन सक्नुहुन्छ। हरेक समस्यासँग जुझेर बाहिर आउने कला लालु जीभन्दा राम्ररी कसलाई थाहा छ र?’

Like