Saturday, October 17, 2026
Latest:
अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसंचारसमाचारस्पेसलहेडलाइन

विवादित अर्थमन्त्रीको अर्को ‘हर्कत’

Share to:

रासंसा/काठमाण्डौ, आषाढ २५,

मुलुकमा एकपछि अर्को विवादको चपेटामा परेर अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्माको अर्को विवादित ‘हर्कत’ बाहिरिएको छ । यसअघि, शर्मा आगामी आर्थिक वर्ष २०७९-८० को बजेट सार्वजनिक हुनु अघिल्लो रात १४ जेठमा सीसीटिभी फुटेज मेटिएको गैरजिम्मेवारीपूर्ण जवाफ दिएर विवादमा परेका थिए । त्यसपछि चौतर्फी दबाब थेग्न नसकेर अर्थमन्त्रीबाट राजीनामा दिएका शर्मामाथि गत १४ जेठ मध्यराति बजेट निर्माण गर्दा ‘अनधिकृत व्यक्ति’लाई स्थान दिएको आरोप लाग्यो । उनीमाथि ‘सीसीटिभी फुटज कान्ड’मा व्यापारिक घरानाका आफूनिकट व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करको दरसमेत हेरफेर गरेको आरोप लागेको थियोे । अहिले पदबाट हटिसकेका शर्माले प्रधानमन्त्री शेरबहादुर देउवापुत्र जयवीरसिंह देउवाको कम्पनीलाई करमा भारी छुट दिएको विवाद बाहिरिएको छ । सो कम्पनीमा प्रधानमन्त्रीपत्नी आरजु राणासमेत अप्रत्यक्ष रूपमा संग्लग्न रहेको स्रोतको दाबी छ । स्वदेशी उत्पादनलाई प्रश्रय दिनेगरी बजेट बनाएको दाबी गर्दै आएका निवर्तमान अर्थमन्त्री शर्माले विदेशबाट आयातीत सेनेटरी प्याडमा ९० प्रतिशत भन्सार छुट गरिदिएका थिए । प्रधानमन्त्री देउवापुत्र जयवीर महिलाले महिनावारी हुँदा प्रयोग गर्ने सेनिटरी प्याड विदेशबाट आयात गर्छन् । देउवापुत्रको ‘ब्लु प्रिन्ट टे«डिङ प्रालि’ नामक कम्पनीले सेनिटरी प्याड कारोबार गर्दै आएको छ । यो कम्पनीमा भरतपुर चितवनका हेमन्त बजगाईंको पनि साझेदारी रहेको छ । अर्थमन्त्रीबाट राजीनामा दिनुअघि सीसीटिभी फुटेज मेटिएको गैरजिम्मेवारीपूर्ण जवाफ दिएका शर्मामाथि ‘नयाँ बजेट सार्वजनिक हुनु अघिल्लो रात १४ जेठमा बाहिरका व्यक्तिलाई मन्त्रालय प्रवेश गराई सोही व्यक्तिको सुझावका आधारमा करका दर हेरफेर गरेको’ आरोप लागेको छ । चरम विवाद थेग्न नसकेर अर्थमन्त्रीबाट हटेका शर्माले प्रधानमन्त्रीपुत्र जयवीर सिंहको कम्पनीलाई गरिदिएको यस्तो कार्यले नेपाली बजारमा विदेशी प्याड सस्तो हुने र स्वदेशी उद्योग धराशयीमा पार्ने सम्बन्धित क्षेत्रका विज्ञको दाबी छ । उनीहरूले तत्कालीन अर्थमन्त्री शर्माले प्रधानमन्त्रीलाई रिझाउन गरेको कार्यले स्वदेशी उद्योग नराम्रोसित धराशयी हुने औंल्याएका छन् । शर्माले गत बुधबार अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । उनीमाथि लागेको आरोप छानबिनका लागि संसद्ले ११ सदस्यीय छानबिन समिति गठन गरिसकेको छ । अर्थमन्त्रीबाट बहिरिएका शर्मामाथि मंगलबारदेखि छानबिनसमेत सुरु हुने भएको छ । शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले डाकेको संसदीय छानबिन समितिको सहजीकरण बैठकपछि लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले मंगलबारबाट छानबिन थालिने बताएका हुन् ।

Like