त्रि-दिवसीय ध्यानयोग शिविर सम्पन्न
राजधानीमा पुनर्जीवन मेडिटेसन योग नेपाल र काठमाण्डौ महानगरपालिकाको संयुक्त आयोजनामा त्रि-दिवसीय ध्यानयोग शिविर सम्पन्न भएको छ । पुनर्जीवन मेडीटेसन योगकी अध्यक्ष निर्मला भट्टको सभापतित्वमा भएको शिविरको प्रमुख अतिथिको आतिथ्यता पशुपति अन्नपूर्ण आश्रमकी केन्द्रीय सदस्य एवं धार्मिक समितिकी संरक्षक माता भद्रकालीको थियो । विशेष अतिथिको आतिथ्यता स्वामी सच्चिदानन्द विशुद्ददेवका अन्तिम शिष्य योगाचार्य, सन्यासी, पाशुपत योग तथा पाशुपत धर्मका लेखक महात्मा सुशीलको थियो । यस्तै अतिथिको आतिथ्यता योगिराज, सुजन भेटवाल तथा योगका पदाधिकारीहरुको उपस्थिति थियो । शिविरमा प्रशिद्यार्थिहरुले ध्यान बिधि तथा योग विषयमा सिकेका थिए । ध्यान तथा ज्ञान विषयमा योग नभई संयोग र संयोग नभई वियोग नहुने कुरालाई ध्यान बाट नै हुने कुरा बताउदै विशेष अतिथि योगाचार्य महात्मा सुशीलले बताउनुभयो । कार्यक्रम जीवनलाई सन्तुलित बनाई हरेक क्षेत्रमा प्रगति गर्नु मानिसको स्वभाव हो । वर्तमान परिस्थितिमा समाजलाई सन्तुलित र सु-व्यवस्थित होस् भन्ने परिकल्पनाका साथ सहज व्यवस्थापनका लागि त्रि-दिवसीय ध्यानयोग शिविरको आयोजना गरेको आयोजक समितिले जनाएको छ । पुनर्जीवन ध्यानयोगमा सबै वर्ग, धर्म, लिंग, जाति, सम्प्रदाय आदि सबैलाई समेटिने, समभाव र सह-अस्तित्व राखी सम्पूर्ण समुदायको हितका लागि हुने यस प्रभावकारी त्रि-दिवसीय ध्यानयोग शिविर, का.म.न.पा.को सहयोगका पुनर्जीवन मेडिटेशन योग त्रि-दिवसीय ध्यानयोग शिविरबाट सम्पूर्ण सहभागीहरुले आत्मिक आनन्दको अनुभूति प्राप्त गर्नुहुनेछ भन्ने अभिलाषा आयोजकका संरक्षक माधव अधिकारीले जनाएका छन् । यस्तै यस ध्यान पद्दतिका विशेषताहरूमाथि प्रकाश पार्दै अधिकारीले यो ध्यान गर्नाले तनाव व्यवस्थापन हुन्छ । शारीरिक, मानसिक र आर्थिक सन्तुलन कायम हुन्छ । नियमित ध्यान गर्ने वानीको विकास हुन्छ । मानिसमा अन्तनिहित क्षमता प्रस्फुटित हुन्छ । विद्यार्थीहरुको पठन पाठनमा एकाग्रता तथा स्मरण शक्तिमा तिव्रता आउँछ । व्यवसायीहरुलाई व्यापारमा लाभ हुन्छ । यसको नियमित अभ्यासबाट पारिवारीक तथा सामाजिक सम्बन्धमा सुधार आउने कुरा बताउदै संरक्षक माधव अधिकारीले ध्यान गर्ने बिधि तथा ज्ञान भर्ने कुराहरुको प्रशिक्षण लिएका थिए । कार्यक्रम स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष एवं राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक के. बि. सम्राटले संचालन गर्दै योग, ध्यान र अध्यात्मासंग जीवन जोडिएको हुन्छ सोहि बमोजिम जीवन चलेकाले जीवनमा निरोगी बनि स्वास्थ्य जीवन व्यतित गर्न योग ध्यानको अति नै महत्वपुर्ण आवश्यक छ बताउनुभयो ।
प्रमुख अतिथि माता भद्रकालीले उपस्थित सबैलाई आशिर्वाद दिनुभएको थियो भने प्रशिक्षार्थी सबैलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा शिविरका सभापति निर्मला भट्टले कार्यक्रम संचालक तथा प्रमुख अतिथि, विशेष अतिथिलाई मायाको चिनो प्रदान गर्दै शिविरको समापन भएको घोषणा गर्नुभएको थियो ।