तनहुँ काँग्रेसद्वारा सहिद दिवसको अवसरमा फलफूल वितरण कार्यक्रम

Share to:

*************************************** अन्जनराज न्यौपाने / गण्डकी प्रदेश समाचार / माग१६ गते तनहुँ ।*****************************************नेपाली कांग्रेस तनहुँद्धारा सहिद दिवसको अवसरमा दमौली अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरेको छ।

      नेपाली काँग्रेसका   जिल्ला सभापति जीतप्रकाश आले सहितको एक टोलीले जिल्ला अस्पतालका प्रमुख डा.सुनिल पौडेल मार्फत अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरेका हुन्।
उक्त फलफूल वितरण कार्यक्रममा संविधान सभा सदस्य झुलबहादुर आले, उपसभापतिद्धय राजेन्द्रकृष्ण श्रेष्ठ, देवकुमार श्रेष्ठ, नेपाली काँग्रेसका जिल्ला सचिवद्धय सहदेव अधिकारी, लक्ष्मीभक्त खनाल र जिल्ला सदस्य डम्बरबहादुर अधिकारी लगायतले विभिन्न रोगका विरामीहरुलाई फलफूल वितरण तथा सिग्र स्वास्थ्य लाभको कामना गरेका थिए।

Like