अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारराजनीतिसमाचारस्पेसलहेडलाइन

कांग्रेसमा तालमेलले फेरि विवाद

Share to:

रासंसा/काठमाण्डौ, बैशाख ४,

मुलुकमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र चुनावी तालमेलको विषयले असन्तुष्टि बढ्दै गएको छ । कांग्रेसभित्र तालमेलको विषयले केन्द्रदेखि जिल्ला तह हुँदै स्थानीय तहसम्म असन्तुष्टि बढ्न थालेपछि सत्तारूढ दलका बीचमा हुने भनिएको चुनावी तालमेलमा पनि गडबडी देखिन थालेको छ । कांग्रेसको शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समेत तालमेलको निर्णय केन्द्रबाट जबरर्जस्ती थोपर्न नहुने भन्दै पार्टी पदाधिकारीले नै असन्तुष्टि पोखेका हुन् । पार्टी केन्द्रले सत्तारूढ पाँच दलबीच गरेको गठबन्धनको निर्णय जिल्ला तथा स्थानीय तहले नमान्ने भन्दै धमाधम निर्णय गर्न थालेपछि सत्तारूढ दलबीचमा हुने भनिएको तालमेल अन्योलमा पर्दै गएको हो । तालमेल’bout अहिले सबैभन्दा बढी असन्तुष्टि कांग्रेसको तल्लो तहसम्म पुगेको छ । ‘भरतपुर महानगरमा २०७४ को निर्वाचनमा कांग्रेसले माओवादी उम्मेदवारलाई मेयर छाडेको हो, हामी चाहन्छौं यसपटक माओवादीले कांग्रेसलाई छोडनुपर्छ, होइन भने स्थानीय नेताकार्यकर्तालाई निर्णय गर्न दिनुपर्छ र मित्रवत प्रतिस्पर्धा गर्नुपर्छ,’ महामन्त्री शर्माले बैठकमा भने । बैठकमा धारणा राख्दै महामन्त्री विश्वप्रकाश शर्माले २०७४ सालको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरमा कांग्रेसले माओवादीका उम्मेदवारलाई सघाएकाले अहिले माओवादीले कांग्रेसलाई सघाउनुपर्ने धारणा राखे । बैठकमा धारणा राख्दै अर्का एक पदाधिकारीले भने, ‘गठबन्धन आबद्ध शक्तिबीच आवश्यकताका आधारमा तालमेल गर्ने भनिएको हो, आवश्यक छैन भने पनि तालमेल गर्नै पर्ने भनिएको होइन, स्थानीय नेताकार्यकर्ताले एक्लै लड्ने भनेपछि तालमेल गर्नैपर्छ भन्ने हुँदैन, त्यो जिम्मा स्थानीय नेता कार्यकर्तालाई नै दिनुपर्छ ।’ ‘कुनै ठाउँमा समझदारी हुन सकेन, त्यहाँ सबैको आ–आफ्नो दाबी रह्यो, मेरै त्यहाँ ज्यादा शक्ति छ, मेरै जनाधार बढेको छ, हामीले नै जित्छौं र अर्को विपक्ष दल एमालेले जित्दैन भन्ने त्यस्तो स्थिति आयो भने त्यस्तो धेरै ठाउँमा आउन पनि सक्छ, त्यस्तो ठाउँमा फ्रेन्ड्ली प्रतिस्पर्धा हुन पनि सक्छ, तर फेरि यहाँ हामी एकअर्कामा मिलेनौं भनेर एमालेसँग गठबन्धन गर्न जाँदैनौं, अरू दलसँग गठबन्धन गर्ने छैनौं । सो निर्णयविरुद्ध चितवन कांग्रेसमा भाँडभैलो नै सुरु भइसकेको छ । चितवनमा शनिबार भरतपुर महानगर १७ का क्रियाशील सदस्य र साधारण सदस्य गरी ५० जना कांग्रेस कार्यकर्ताले केन्द्रको निर्णय नमान्ने घोषणा गर्दै पार्टीबाट नै राजीनामाको घोषणा गरेका हुन् ।
यसैगरी, पर्सा कांग्रेसले पनि जिल्लामा केन्द्रको निर्णय नमान्ने र एक्लै चुनाव लड्ने निर्णय नै गरिसकेको छ भने दाङ कांग्रेसले पनि कुनै दलसँग तालमेल नगर्ने निर्णय गरिसकेको छ । कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र राष्ट्रिय जनमोर्चा आबद्ध पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय नै गरिसकेका छन् । ‘कुनै ठाउँमा समझदारी हुन सकेन, त्यहाँ सबैको आ–आफ्नो दाबी रह्यो, मेरै त्यहाँ ज्यादा शक्ति छ, मेरै जनाधार बढेको छ, हामीले नै जित्छौं र अर्को विपक्ष दल एमालेले जित्दैन भन्ने त्यस्तो स्थिति आयो भने त्यस्तो धेरै ठाउँमा आउन पनि सक्छ, त्यस्तो ठाउँमा फ्रेन्ड्ली प्रतिस्पर्धा हुन पनि सक्छ, तर फेरि यहाँ हामी एकअर्कामा मिलेनौं भनेर एमालेसँग गठबन्धन गर्न जाँदैनौं, अरू दलसँग गठबन्धन गर्ने छैनौं,’ महतले भने । यसैबीच कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कुनै स्थानीय तहमा सत्तारूढ दलहरुबीच नै प्रतिस्पर्धा हुन सक्ने बताएका छन् । शनिबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेका बेला पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारसँग कुरा गर्दै प्रवक्ता महतले कुनै कुनै स्थानीय तहमा गठबन्धन आबद्ध दलकाबीचमा पनि प्रतिस्पर्धा हुन सक्ने बताएका हुन् । एमालेले जित्ने अवस्था नरहेको ठाउँमा गठबन्धनबीच स्वच्छ प्रतिस्पर्धा हुन सक्ने तर त्यस्तो अवस्थाको जानकारी केन्द्रलाई गराउनुपर्ने महतको भनाइ छ । शनिबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा धारणा राख्दै प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले गठबन्धनलाई मिलाएर अघि लैजाने पहिलो जिम्मेवारी कांग्रेसकै भएको बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनबीच चुनावी तालमेलको निर्णय भइसकेको भन्दै सबैलाई मिलाएर लैजाने बताएका छन् । उनले सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय भइसकेको भन्दै अब सो निर्णयलाई कार्यान्वयन गरेर जाने कुरामा सबैले सहजीकरण गर्नुपर्नेसमेत बताए । ‘कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार छ, चुनावी तालमेलका लागि कांग्रेसकै नेतृत्वमा संयन्त्र बनेको छ, त्यसैले गठबन्धनबीच हुने चुनावी तालमेलका विषयमा पनि पहिले हामी बढी जिम्मेवार हुनुपर्छ,’ देउवाले भने ।

Like