सम्भावित नेताहरू कार्यसम्पादन समितिले के के काम गर्छ ? काँग्रेसको कार्यसम्पादन समितिमा समेटिने यी हुन्

Share to:

रासंसा/काठमाण्डौ, माघ १४,

मुलुकका सत्ताधारी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने भएका छन्। त्यसका लागि शुक्रवार देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो तीन बजे भर्चुअल माध्यममा हुने बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनको एजेन्डा तय गरिएको छ । देउवाले करिब ४० सदस्य हुने गरी कार्यसम्पादन समिति गठन गर्न लागि लागेको एक नेताले रातोपाटीलाई बताए । देउवाले २७ जनासम्म केन्द्रीय सदस्यलाई कार्यसम्पादन समिति सदस्यका रूपमा बैठकमा पेस गर्ने एक नेताले बताए । जसमा वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि अजय चौरसियसम्मलाई पहिलो चरणमा समेट्ने देउवाको तयारी छ । स्रोतकाअनुसार कार्यसम्पादनमा बाँकी ६ जनापछि थप्ने गरी देउवाले नाम बैठकमा पेस गर्ने छन् । केन्द्रीय कार्यसमितिको सभापति, उप–सभापति, महामन्त्री, कोषाध्यक्ष, सह–महामन्त्री र प्रवक्ता पदेन सदस्य हुने छन् । सभापतिले कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्त समेतलाई ध्यानमा राखी केन्द्रीय कार्यसम्पादन समितिका लागि ३३ जना सदस्य कार्यसमितिको बैठकमा प्रस्ताव गर्ने छ । उक्त प्रस्तावलाई कार्यसमितिको बहुमतले अनुमोदन गर्नुपर्ने व्यवस्था छ । कार्यसम्पादन समितिमा सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा सहमहामन्त्रीहरु फरमुलाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे र जीवन परियार पदेन सदस्य रहने छन् । काँग्रेसमा ४६ सदस्यीय कार्यसम्पादन समिति भन्ने भएपछि कोषाध्यक्ष र प्रवक्ता मनोनीत हुन बाँकी छ । सभापतिले प्रस्तुत गर्ने ३१ सदस्य र १५ जना पदाधिकारी गरी काँग्रेसमा ४६ सदस्यीय कार्यसम्पादन बन्ने भएको छ । यस्तै केन्द्रीय सदस्यहरू शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, जीप छिरिङ लामा, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, एनपी साउद, सुजाता कोइराला, डा नारायण खड्का, आनन्द ढुङ्गाना, कृष्णचन्द्र नेपाली पोखरेल, जीवनबहादुर शाही, दीपक गिरी र अजयकुमार चौरसियाससम्मको चर्चा छ । जसमा अधिकांश यसअघिको केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताहरू नै यस पटक पनि समेटिने पक्का छ । यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वउपसभापतिहरु गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजय गच्छदार र प्रकाशमान सिंह सम्पादन समितिमा समेटिने छन् । यस्तै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, शशांक कोइराला, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव, पूर्वसहमहामन्त्रीहरु रामशरण महत, अजुर्ननरसिंह केसी, प्रकाशशरण महत र सुनिलबहादुर थापा पनि कार्यसम्पादन समिति सदस्य रहेन पक्का छ । ०७४ चैतमा खड्काको निधन भइसके छ भने गुरुङ, आचार्य, गिरी र यादवले १४ औँ महाधिवेशनमा भाग नलिएकाले बाहिर छुटेका छन् । उपसभापतिमा पराजित महेश, महामन्त्रीमा मिनेन्द्र, सह(महामन्त्रीमा पराजित मानबहादुर पनि केन्द्रीय सदस्य बाहिर छन् । मनोनीत गर्न बाँकी २० केन्द्रीय सदस्यमा उनीहरु समेटिए कार्यसम्पादनमा पर्ने पक्का छ १३ औँ महाधिवेशनपछि बनेको कार्यसम्पादन समितिमा रहेका ७ जना नेता केन्द्रीय समिति बाहिर छन् । नेताहरू कुलबहादुर गुरुङ, खुमबहादुर खड्का नरहरि आचार्य, निवर्तमान कोषाध्यक्ष सीतादेवी यादव, प्रदीप गिरी, महेश आचार्य, मानबहादुर विश्वकर्मा र मीनेन्द्र रिजाल केन्द्रीय सदस्य छैनन् । काँग्रेसको विधानले केन्द्रीय कार्यसम्पादन समितिलाई चार वटा काम,कर्तव्य र अधिकार तोकेको छ । जसमा कार्यसमितिको एउटा बैठक र अर्को बैठकको बीचमा कार्यसमितिले गर्नुपर्ने काम केन्द्रीय कार्यसम्पादन समितिले गर्नेछ । यस्तै कार्यसम्पादन समितिले आफ्नो निर्णय कार्यसमितिको बैठकमा पेस गरी अनुमोदनका लागि प्रस्तुत गर्नेछ । ‘सभापतिज्यू पार्टीका पुराना नेतालाई समेटेर जाने मुडमा हुनुहुन्छ । भोलि कार्यसम्पादन समितिलाई पूर्णता दिनुहुन्‍न । केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ । भोलि मनोनीत गरेको सिनियर मान्छेलाई कार्यसम्पादन समितिमा हाल्ने मन हो,’ ती नेताले भने । ती नेताका अनुसार देउवाले बारम्बार सिनियर नेतालाई कहीँ पनि बाहिर नछोड्ने कुरा बारम्बार गरिरहेका छन् । १६८ सदस्यीय जम्बो केन्द्रीय कार्यसमिति पटक पटक बस्न सम्भव नभएकाले राष्ट्रिय राजनीतिका मुद्दामाथि अब कार्यसम्पादन समितिमा छलफल हुने छ । यद्यपि काँग्रेस विधानले कार्यसम्पादन समितिमा भएका निर्णय केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्ने व्यवस्था गरेको । केन्द्रीय समिति बैठक प्रत्येक दुई महिनामा एक पटक बस्नुपर्ने प्रावधान छ । पार्टीका केन्द्रीय विभागको कामको समीक्षा पनि केन्द्रीय कार्यसम्पादन समितिले गर्ने विधानमा उल्लेख छ । यस्तै समय–समयमा संसदीय दलको कार्यसमिति, संसदीय दलका विषय समितिका संयोजकसँग संयुक्त रूपमा विषयगत छलफलको आयोजना गर्नेछ । कार्यसम्पादन समिति महिनाको एक पटक बस्ने पर्ने काँग्रेस विधानमा उल्लेख छ । त्यसपछि विधानले नचिन्ने पदाधिकारी तथा पूर्वपदाधिकारीको सम्मिलित बैठकको अभ्यास भयो । यस पटक भने नयाँ कार्यसमिति आएको दुई महिना नपुग्दै कार्यसम्पादन समिति बन्ने भएको छ । यसले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आगामी रणनीतिलाई सहज बनाइदिएको छ । उनीहरू देशभर पार्टी सङ्गठनको गतिविधि गराउने सबै तयारी गरेर सकेका छन् । थापाका अनुसार कार्यसम्पादन नबन्दा त्यो रोकिएको थियो । कार्यसम्पादन समिति गठन भएपछि पार्टीमा विधानका अभ्यास हुने महामन्त्री गगन थापाको तर्क छ । अघिल्लो कार्यकालमा काँग्रेसमा कार्यसम्पादन समिति अस्तित्वमा नआइ विघटन भएको थियो । पार्टीको विधान विपरीत कार्यसम्पादन समिति गठन भएपछि ०७४ को निर्वाचनपछि भङ्ग गरिएको थियो ।
कार्यसम्पादन बनेर बैठक समेत नबनेकाले मातहतका कार्यसमितिलाई निर्देशन दिन गाह्रो भएको थियो । अबको केही दिनमै तल्लो कमिटीलाई विभिन्न काम कारबाहीका लागि निर्देशन जाने थापाले बताए ।

Like