तनहुँ जिल्ला अदालतका न्यायाधीश सहित ११ जनामा कोरोना संक्रमण पुष्टि

Share to:

*************************************** अन्जनराज न्यौपाने / गण्डकी प्रदेश समाचार / १५ गते तनहुँ ।************************************

तनहुँ जिल्ला अदालतका जिल्ला न्यायाधीश सहित ११ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि १५ दिनसम्मकालागि अदालतका अत्यावश्यक सेवा बाहेकका सम्पुर्ण कामकारबाही बन्द गरिएको छ।
जिल्ला अदालतले माघ१३ गते देखि२८ गते सम्म अदालत बन्द गरेको जनाएको छ। जिल्ला न्यायाधीश हरिश्चन्द्र दुङ्गानाले दिएको जानकारी अनुसार बन्द अवधिमा कार्यालयले मुद्दा दर्ता गर्ने ,अभियोग दर्ता गर्ने ,पक्राउ पुर्जी ,म्यादथप आदेश दिने,मिलापत्र मुद्दा दर्ता,बन्दी प्रत्यक्षिकरण सम्बन्धि मुद्दा दर्ता गरि सेवा प्रवाह गरेको छ।

Like