Monday, October 19, 2026
Latest:
देशप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारस्पेसलहेडलाइन

उपद्रो नेतृत्वको सत्ता लिप्साले पार्टीको महाधिवेशन अनिश्चित बन्यो– रामचन्द्र पौडेल

Share to:

रासंसा /काठमाण्डौ, भाद्र २८,
मुलुकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उपद्रो नेतृत्वको सत्ता लिप्साले पार्टीको १४औं महाधिवेशन अनिश्चित बनेको बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले काठमाडौंमा गरेको ‘नीति र नेतृत्व’ विषयक कार्यक्रममा वरिष्ठ नेता पौडेलले नेताको सत्ता लिप्साका कारण कांग्रेस महाधिवेशन अनिश्चित बनेको आरोप लगाउनुभयो । ‘आधुनिक युगमा नेपाललाई ल्याउने पार्टी आज नेताको सत्ता लिप्साका कारण यस्तो स्थिति आएको छ,’ उहाँले भन्नुभयो, ‘यो लोकतन्त्रको नेतृत्व हुन सक्दैन ।’ पौडेलले लोकतन्त्रलाई असुरक्षित पार्ने काम नेताहरूबाट भएको र त्यस्ता नेताहरूले देशलाई भड्खालोमा हालेको टिप्पणी गर्नुभयो । लोकतन्त्रमाथि प्रहार गर्ने नेताहरू नेपालमा भएको बताउँदै उहाँले कार्यकर्ताले नेताको सही मूल्याङ्कन नगर्दा उपद्रो गर्ने नेताहरूको जन्म भएको बताउनुभयो । वरिष्ठ नेता पौडेलले लोकतन्त्रमाथि नेताहरूबाटै खतरा रहेको बताउनुभयो । सत्ता र पावरमा पुगेका नेताहरूले लोकतन्त्र विपरीत काम गर्न थालेको आरोप लगाउँदै उहाँले बलियो पार्टीको बलियो नेता खोज्ने कि बलियो नेताको कमजोर पार्टी बनाउने जिम्मा कार्यकर्ताको हातमा रहेको बताउनुभयो । नेपाली कांग्रेसमा पनि उपद्रो गर्ने नेतृत्व भएको र उनकै कारण पार्टीको महाधिवेशन अनिश्चित बनेको टिप्पणी गर्नुभयो । ‘त्यस्ता उपद्रो नेतृत्व कांग्रेसमा पनि छन्,’ उहाँले भन्नुभयो, ‘जसका कारण पार्टीको महाधिवेशन अनिश्चित बनेको छ ।’ ‘पार्टी जिल्ला कमिटीलाई एकातिर लगाएर पुलिस प्रशासन लगाएर वडा अधिवेशन गरिएको छ,’ उहाँले भन्नुभयो, ‘त्यो हामी मान्दैनौं ।’ क्रियाशील सदस्यता वितरणमा दादागिरी भएको बताउँदै वरिष्ठ नेता पौडेलले सभापति शेरबहादुर देउवाले प्रहरी प्रशासन लगाएर वडा अधिवेशन गरेको आरोप लगाउनुभयो । उहाँले आफूहरू पार्टीलाई लोकतान्त्रिक बनाउन लागि परेकाले वडा अधिवेशनलाई मान्यता नदिने बताउभुयो ।

Like