खेलकुदप्रदेश-४ [गण्डकी]समाचार

दमौलीमा लायन्स क्लबको स्लो राइड प्रतियोगिता सम्पन्न: राजिन पौडेल प्रथम

Share to:


अन्जनराज न्यौपाने
गण्डकी प्रदेश
तनहुँ ।
​दमौली, भदौ
लायन्स क्लब अफ तनहुँ दमौलीको आयोजनामा दमौलीमा मोटरसाइकल तथा स्कुटर स्लो राइड (ढिलो चलाउने) प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
​सवारी साधन चलाउँदा गति नियन्त्रण र सन्तुलनको महत्वबारे सचेतना जगाउने उद्देश्यले आयोजित यस प्रतियोगितामा सहभागीहरूले निर्धारित दूरीमा सकेसम्म कम गतिमा सवारी साधन हाँक्दै प्रतिस्पर्धा गरेका थिए।
​प्रतियोगितामा उत्कृष्ट कौशल प्रदर्शन गर्दै राजिन पौडेलले १ मिनेट ९.९५ सेकेन्डको समय निकाल्दै प्रथम स्थान हासिल गर्न सफल भएका छन्। त्यसैगरी, विश्वास रुचालले १ मिनेट ६.७१ सेकेन्डको समयसहित द्वितीय स्थान प्राप्त गरेका छन् भने श्रवण श्रेष्ठले १ मिनेट १.८० सेकेन्ड समय निकाल्दै तृतीय स्थान अधिकार गरेका छन्।
​प्रतियोगिताका विजेताहरूलाई कार्यक्रमका आयोजकतर्फबाट प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको थियो। यस प्रकारका रचनात्मक प्रतियोगिताले युवाहरूमा यातायातका नियम र सुरक्षित ड्राइभिङप्रतिको सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने आयोजकले विश्वास व्यक्त गरेका छन्।

Like