व्यास नगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रम तर्जुमा

अन्जन राज न्यौपाने
गण्डकी प्रदेश तनहुँ।
व्यास नगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी सरोकारवालाहरूबीच शुक्रबार दमौलीमा परामर्श बैठक एवं तेस्रो चौमासिक समीक्षा बैठक सम्पन्न भएको छ।
बैठकमा प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर २ का श्रीराम न्यौपानेले विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारीका क्षेत्रमा दीर्घकालीन योजना निर्माण गरी जनतामुखी बजेट ल्याउनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले स्थानीय तहको बजेट पारदर्शी, उत्तरदायी र परिणाममुखी हुनुपर्ने बताएका थिए।
त्यस्तै कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले नगरपालिकाले आगामी बजेट तथा कार्यक्रम निर्माणका लागि सुझाव संकलन गरिरहेको जानकारी दिए। कार्यक्रम व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो। नगरप्रमुख बैकुण्ठ न्यौपानेले
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, बुद्धिजीवी, समाजसेवी, कर्मचारी तथा सरोकारवाला व्यक्तिहरूले सोधेका प्रश्नको
प्रतिक्रिया दिँदै नगर विकास, पूर्वाधार, पर्यटन, खानेपानी, कृषि तथा युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राख्न सुझाव दिए।

