विद्यालय शिक्षा विधेयक पारित गर्न संसद बैठक मन्त्रिपरिषद्को आह्वान

Share to:

रासंसा/काठमाण्डौ, बैशाख २,

मुलुकमा सरकारले संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक पारित गर्न वैशाख १२ गते संसद बैठक आह्वान गर्ने निर्णय गरेको छ। शिक्षा विधेयक पारित गर्न आवश्यक समन्वय तथा सहजीकरणका लागि सरकार प्रतिबद्ध रहेको जनाउँदै मन्त्रिपरिषद्ले आगामी शुक्रबार दिउँसो १ बजे संघीय संसदको बैठक बोलाउने निर्णय गरेको हो। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय लिएको हो। बैठकपछि शिक्षामन्त्री विद्या भट्टराईले शिक्षक आन्दोलनप्रति सरकार संवेदनशील रहेको जानकारी दिइन्। एसइई उत्तरपुस्तिका परीक्षण, कक्षा १२ को राष्ट्रिय परीक्षा र नयाँ शैक्षिक सत्रका विद्यार्थी भर्ना जस्ता महत्त्वपूर्ण कार्यहरूलाई ध्यानमा राख्दै सरकारले जारी विरोध कार्यक्रम स्थगन गर्न आग्रह समेत गरेको छ। साथै, सबै शिक्षकहरूलाई आ-आफ्नो कार्यथलोमा फर्कन अनुरोध गरेको छ। उनका अनुसार, नेपाल शिक्षक महासंघले उठाएका मागहरूको यथोचित सम्बोधनका लागि सरकार गम्भीर रेहेको र संवाद प्रक्रिया निरन्तर जारी छ।

Like