आज स्वामी शशिधर जन्मजयन्ती मनाइदै
रासंसा/काठमाण्डौ, बैशाख ३,
मुलुकमा १८ औं शताब्दीमा शशिधर स्वामीले रेसुङ्गामा तपस्या गरि जोस्मनी सप्रदायको प्रवर्तकको रुपमा सिद्धि प्राप्त गर्नुभएको थियो । नेपालको कोशी क्षेत्र र भारतको गढवाल, सिक्किम, दार्जिलिङ र बर्मा लगायतका स्थानहरुमा उहाँका अनुयायी रहेका छन् । जोस्मनी सप्रदायअन्तर्गत जातपात केही होइन्, मूर्ति पुजा र बलि प्रथा मात्र महत्वपूर्ण होइन् भन्ने तत्तकालिन १८ औं शताब्दीमा नै स्वामी शशिधरले अभिव्यक्त गर्नुभएको थियो । अर्घाखाँची जिल्लाको बामरुक गाउँमा जन्म भएको स्वामी शशिधरको आज जन्मजयन्ती परेको छ। स्वामी शशिधरको पिताको नाम दिशै शर्मा मरासिनी थियो । उन्नाइसौं शताब्दीका पहिला सन्तशिरोमणि मानिने स्वामी शशिधर एउटा साधु मात्र होइन,उनले आफ्नो जीवन कालमा धेरै ग्रन्थ पनि लेखेका थिए । उनले लेखेका प्राय सबै ग्रन्थ संस्कृत भाषामै छन् । आफ्नो बाल्यकालमा पाएकै शिक्षाले स्वामी शशिध ब्राह्मण विष्णु स्वामी सम्प्रदायमा दीक्षित भए, त्यसपछि पौडी गढवालमा क्यों कालेश्वर मठ स्थापना गर्दा केहि शिक्षा हाशिल गरेर उनि मुनि भए । स्वामी शशिधरले राजा रणबहादुर शाहलाई त्यसैगरी भीमसेन थापाका भाइ रणवीरसिंह थापालाई शिक्षा प्रदान गरेका हुन् भन्ने कथन छ।