कांग्रेस कार्यसम्पादन समितिको एमालेसँगको सहमति अनुमोदन गर्न बैठक बस्दै

Share to:

रासंसा/काठमाण्डौ, आषाढ १९,

मुलुकमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। आजको बैठकबाट कांग्रेसले सरकार बनाउनेबारे एमालेसँग भएको सहमति अनुमोदन गर्नेछ। बुधबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्नेगरी बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। यसअघि मंगलबारको पदाधिकारी बैठकमा देउवाले एमालेसँग भएको सहमति ब्रिफिङ गरेका थिए। नेपाली कांग्रेस र एमालेबीच शनिबार मध्यरातमा सरकार बनाउने सहमति भएको थियो। आज केन्द्रीय कार्यसम्पादन समितिले अनुमोदन गरेपछि एमालेसँग मिलेर सरकार बनाउने पार्टीको निर्णय बन्नेछ। उक्त सहमति अनुसार सुरूमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन्। प्रधानमन्त्री प्रचण्डले भने तत्काल राजीनामा नदिने बरू संसदबाट विश्वासको मत सामना गर्ने तयारी गरेका छन्। कांग्रेस र एमाले दुवैले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा गरेर मार्गप्रशस्तका लागि आग्रह गरेको छ।

Like