सहसचिव गौतमको संयोजकत्वमा अध्यागमन घटनाबारे छानबिन गर्न समिति गठन

Share to:

रासंसा/काठमाण्डौ, माघ १२,

मुलुकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारी र प्रहरीबिच भएको घटनामाथि छानबिन समिति गठन भएको छ। मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक वक्तव्य जारी गर्दै घटनाको आवश्यक छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्न तीन सदस्यीय छानबिन समिति गठन गरिएको जनाएका छन्। गृह मन्त्रालयले विमानस्थलमा कर्मचारीबिच भएको यो दुर्भाग्यपूर्ण घट्नामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै छानबिन समिति बनाएको हो। मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुल बहादुर जि. सी. सदस्य रहेको समिति बनाएको छ।

Like