राष्ट्रिय कृषि प्राविधिक कार्य समूह बैठक सम्पन्न

Share to:

रासंसा/काठमाण्डौ,पौष २१,

मुलुकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द शर्मा कृषि र किसानको विकासका लागि कृषि अनुसन्धान कार्यलाई अझै प्रभावकारी बनाउँदै अगाडी बढनुपर्ने बताएका छन् । सरकारको कृषि नीतिलाई पालना गर्दै कृषि क्षेत्रमा सरकारले राखेको लक्ष्य प्राप्तिका लागि नार्कका अनुसन्धानकर्ताको महत्वपूर्ण भुमिका हुने भएकाले अनुसन्धान प्रभावकारी हुनुपर्ने आवश्यक्ता रहेको उनले बताए । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तरगतको राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रको आयोजनामा हिजो बिहीबार ललितपुरको खुमलटारमा राष्ट्रिय कृषि प्राविधिक कार्य समूहको बसेको केन्द्रीय स्तरको बैठकलाई सम्बोधन गर्दै सचिव शर्माले यस्तो बताएका हुन् । ‘सरकारले कृषि क्षेत्रको बिकास गर्दै किसानको अवस्थामा बदलाव ल्याउन चाहेको छ । सरकारको नीति र लक्ष्य पनि यही हो । कृषि र किसानको बिकासका लागि हाम्रो अनुसन्धान कार्य अझै प्रभावकारी हुन आवश्यक छ’ सचिव शर्माले भने । सोही बैठकमा सहभागि कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका अर्का सचिव डा.रेवतीरमण पौडेलले नेपालको संविधान कानून, कृषि नीति तथा निर्देशन अनुसार नेपालको कृषि क्षेत्रको अनुसन्धान प्रभावकारी हुनुपर्ने बताएका छन् । कृषिमा दिनदिनै नयाँ–नयाँ समस्या आउँनुका साथै रोगहरु समेत नयाँ–नयाँ आईरहेको बताउँदै उनले त्यसबाट बालीनालीलाई जोगाउँन र उत्पादन कसरी बढाउँन सकिन्छ त्यसका ’boutमा गम्भिर रुपमा अनुसन्धान हुनुपर्ने बताए । बिभिन्न बस्तुको आयात भईरहेको बताउँदै उनले उत्पादनमा बृद्धि कसरी ल्याउँन सकिन्छ र आत्मनिर्भर कसरी हुने भन्ने ’bout सबै एकजुट भएर लाग्नुपर्ने सचिव शर्माले बताए । ‘धान, मकै, आलु जस्ता आयात गर्ने बालिबस्तुको उत्पादनका साथै हामीले निर्यात गर्ने बालिबस्तुको उत्पादन अझै कसरी बढाउँन सकिन्छ त्यस ’boutमा अझै अनुसन्धान प्रभावकारी हुन आवश्यक छ’ सचिव पौडेलले भने । ‘नार्कले विकास गरेको प्रविधिहरु किसानसम्म पुर्याउनुपर्छ । तर हामीले पुर्याउन नसक्नु हाम्रो समस्या हो । त्यसका ’boutमा गम्भिर छलफल र बहस हुनुपर्छ’ सचिव पौडेलले भने, ‘गत बर्ष हामीले गरेको प्रतिबद्धता कति पुरा गर्यौ र के–के काम गरेका छौं त्यो सबैको समिक्षा गर्दै थप नयाँ योजना सहित अगाडी बढनुपर्छ । यसरी आफ्नो प्रतिबद्धता पूरा गर्दै अगाडी बढयौं भने यो संस्थाका साथै सबैको प्रगति हुन्छ ।’ नेपालको कृषि क्षेत्रलाई अब हामीले कहाँ लैजान चाहन्छौं त्यस ’boutमा गम्भिर छलफलको आवश्यक्ता औल्याउँदै उनले नार्कले अहिले देखा परेका समस्या एवं नयाँ नयाँ बिषयका ’boutमा अनुसन्धान गर्दै अगाडी बढनुपर्ने बताए । ‘नार्कले विकास गरेको प्रविधिहरु किसानसम्म पुर्याउनुपर्छ । तर हामीले पुर्याउन नसक्नु हाम्रो समस्या हो । त्यसका ’boutमा गम्भिर छलफल र बहस हुनुपर्छ’ सचिव पौडेलले भने, ‘गत बर्ष हामीले गरेको प्रतिबद्धता कति पुरा गर्यौ र के–के काम गरेका छौं त्यो सबैको समिक्षा गर्दै थप नयाँ योजना सहित अगाडी बढनुपर्छ । यसरी आफ्नो प्रतिबद्धता पूरा गर्दै अगाडी बढयौं भने यो संस्थाका साथै सबैको प्रगति हुन्छ ।’नार्कका निमित कार्यकारी निर्देशक डा.लुमानिधि पाण्डेले कार्यक्रमलाई सम्बोधन गर्दैै नार्क अन्तर्गतका बिभिन्न कार्यालयबाट हुने अनुसन्धानबाट कृषि क्षेत्र एवं कृषकले लाभान्वित हुने गरी अगाडी बढीरहेको बताए । ति अनुसन्धानबाट समस्याको पहिचान, समाधान लगायतका बिषयमा गम्भिर भएर अझै मिहिनेत गर्दै अगाडी बढदा कृषि क्षेत्रमा क्रान्ति ल्याउँन सकिने उनले बताए । राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा.कालिकाप्रसाद उपाध्यायका अनुसार बैठकमा बिभिन्न बिषयमा डा.भानुभक्त पोखरेल, डा.हरिबहादुर केसी, डा.चन्द्र ढकाल, डा.ऋषीराम कट्टेल, डा.बिनोद भट्टराई, महेश जैसीले छुटाछुटै कार्यपत्र पस्तुत गरेका थिए । ती कार्यपत्रमा समूहगत छलफल भयो । बाली तथा वागवानी र पशु तथा मत्स्य गरी दुई समूहमा भएको छलफलले अगामी बर्ष गर्न सकिने अनुसन्धानका बिषयमा छलफल गर्दै बिभिन्न बिभिन्न प्राथमिकताहरु तोकेको छ । निमित कार्यकारी निर्देशक पाण्डेको अध्यक्षतामा बसेको बैठकमा कृषि विभागका महानिर्देशक डा.हरिबहादुर केसी, पशु सेवा विभागका महानिर्देशक डा.उमेश दाहाल, निर्देशकहरु, केन्द्रका प्रमुख एवं प्रतिनिधि, बैज्ञानिकहरु, कृषि र वन विश्वविद्यालयका प्राध्यापक र कृषि प्रसार कार्यकर्ता लगायतको विशेष सहभागिता रहेको थियो ।

Like