अर्थतन्त्रप्रदेश-६ [कर्णाली]मुख्य समाचारसमाचार

जुम्ला खलंगामा माओवादी हमला विफल पार्न दुईवटा गनबाट फायर

Share to:

रासंसा/जुम्ला, श्रावण २५,

मुलुक्मा वि.सं. २०५९ साल कार्तिक २८ गते तत्कालीन माओवादीहरूले कर्णालीमा आफ्नो झण्डा गाड्ने उद्देश्यका साथ जुम्ला खलंगामा ठूलो आक्रमण गरे। तीन हजारभन्दा बढीको संख्यामा आएका माओवादी लडाकुहरूको सामना त्यहाँ रहेको एक कम्पनी, अर्थात् १०० जनाभन्दा कम नेपाली सैनिकले साहस, तालिम र उत्कृष्ट नेतृत्वका साथ गरे।
यो लडाइँले माओवादीहरूको कर्णाली कब्जा गर्ने योजना मात्र विफल बनाएन, उनीहरूलाई ठूलो क्षति पनि पुर्‍यायो। यस सफल प्रतिरक्षापछि देवीदल गुल्म गणमा स्तरोन्नति भयो र पछि काठमाडौं उपत्यकामा सरुवा हुने अवसर पनि प्राप्त गर्‍यो।
त्यो रात केवल एउटा युद्ध थिएन, त्यो नेपाली सैनिकहरूको अदम्य साहस, अनुशासन, तयारी र तालिमको परीक्षा थियो।
यस ऐतिहासिक लडाइँमा विशेष योगदान दिने बहादुर सैनिकमध्ये एक हुनुहुन्थ्यो सिपाही विक्रम महतो। उहाँले एक्लैले ओपी (Observation Post) बाट दुईवटा गन प्रयोग गरी निरन्तर फायर गर्नुभयो। चारैतिरबाट हजारौँ माओवादीले घेरा हाल्दा पनि उहाँ विचलित हुनुभएन। केही समयका लागि सैनिकहरूमा दबाब र चिन्ता बढे पनि उहाँले आफ्नो जिम्मेवारीबाट पछि हट्नुभएन।
जब माओवादीहरू नम्बर १ गेटसम्म आइपुगे, उहाँ दुईवटै गन बोकेर ओपीबाट नम्बर १ पोस्टमा पुग्नुभयो र त्यहाँबाट प्रभावकारी प्रतिकार गर्नुभयो। उहाँको साहसिक कदमले माओवादीहरूको मनोबल कमजोर मात्र बनाएन, दबाबमा रहेका आफ्नै सैनिकहरूको आत्मविश्वास पनि पुनः जागृत गरायो। ओपीबाट सम्पूर्ण क्षेत्र नियाल्न सकिने भएकाले उहाँको फायरले युद्धको अवस्थालाई नेपाली सेनाको पक्षमा राख्न महत्वपूर्ण भूमिका खेलेको थियो।
उक्त लडाइँमा माओवादीतर्फ १०० भन्दा बढी लडाकुको सहादत भएको दाबी गरिएको छ, भने नेपाली सेनातर्फ ३ जना वीर सैनिकले वीरगति प्राप्त गरेका थिए।
वीर सिपाही विक्रम महतोज्यूको साहस, कर्तव्यनिष्ठा र समर्पणप्रति हार्दिक सम्मान। वीर सिपाही संगको प्रत्यक्ष कुराकहानीमा ब्ताएका छन ।

Like