राष्ट्रपति पौडेलको मुटुमा समस्या, गंगालालमा भर्ना

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ ३०,

मुलुकमा राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या देखिएको छ । मंगलबार बिहान मुटुमा समस्या देखिएपछि ७९ बर्षीय पौडेललाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा भर्ना गरिएको छ । राष्ट्रपति पौडेललाई बिहान ७ बजे अस्पताल लगिएको उनकाे सचिवालयका एक सदस्यले राताेपाटीलाई बताए । राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनको मुटुमा समस्या पाइएपछि अहिले अब्जरबेशनमा राखेर उपचार भइरहेको छ । राष्ट्रपति पौडेल अहिले भीआईपी क्याबिन चिकित्सकको निगरानीमा रहेको ती सदस्यको भनाइ छ ।

Like