Monday, October 19, 2026
Latest:
अन्य थपखेलकुददेशप्रदेश-३ [बागमती]मुख्य समाचारसंचारसमाचारस्पेसलहेडलाइन

ललितपुर काठमाडौंलाई ३-० गोलले हराउँदै एनएसएलको क्वालिफायरमा

Share to:

रसंसा/काठमाण्डौ, पौष ११,

मुलुकमा ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल)को दोस्रो क्वालिफायरमा पुगेको छ। दशरथ रंगशालामा मंगलबार भएको खेलमा काठमाडौं रेजर्सलाई ३-० गोलले हराउँदै ललितपुरले क्वालिफायरमा स्थान बनाएको हो। इमुले खेलको ३६औं र ५३औं मिनेटमा गोल गरे भने पापाले ४४औं मिनेटमा गोल गरेका थिए। सोमबार भएको खेलमा पोखरालाई हराउँदै धनगढी फाइनलमा प्रवेश गरिसकेको छ। ललितपुरले फाइनल प्रवेशका लागि बिहीबार पोखरा थन्डर्ससँग खेल्नुपर्नेछ। फाइनल खेल शनिबार हुनेछ। ललितपुरका लागि इमु इजिकेलले दुई र पापा इबु केबेले एक गोल गरे।

Like