स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कीर्ति स्मृति पत्रकारिता वृत्तिबाट सम्मानित
मिनबहादुर कुंवर/कास्की,पौष ५,
मुलुकमा स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कीर्ति स्मृति पत्रकारिता वृत्तिबाट सम्मानित हुनुभएको छ । कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान ३ जना पत्रकारलाई अर्पण गरिएको हो । नेपाल पत्रकार महासंघ कास्की शाखाद्दारा सञ्चालित तथा सूर्य–प्रेम बहुउद्देश्यीय समाजसेवा ट्रस्टद्दारा स्थापित कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान गत बुधबार एक कार्यक्रमका बीच नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष पत्रकार डा.सुरेश आचार्य, कास्की शाखाका पूर्वअध्यक्ष प्रेस स्वतन्त्र सेनानी माधव शर्मा र स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलालाई अर्पण गरिएको हो ।

पूर्वसांसद तथा उद्योगपति स्व. सूर्यबहादुर केसीका परिवारवाट स्थापित उक्त सम्मान नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा,गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी सहित पुरस्कार स्थापनाकर्ताको परिवारले अर्पण गरेका थिए ।