राष्ट्रसंघका महासचिव गुटरेस पाटनमा
रासंसा/ललितपुर, कार्तिक १२,
मुलुकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले ललितपुरस्थित पाटन दरबार स्क्वायरको अवलोकन भ्रमण गरेका छन् । आइतबार महासचिव गुटरेसले पाटन दरबार स्क्वायरको अवलोकन भ्रमण गरेका हुन् । आइतबारै महासचिव गुटरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे र राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरेका थिए । उनलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्वागत गरेका थिए । भ्रमणका क्रममा महासचिव गुटरेसले पाटन दरबार क्षेत्रका सांस्कृतिक र धार्मिक सम्पदाको अवलोकन गरेका थिए ।
Like