महासचिव एन्टोनियो गुटेरेस सोमवार र मंगलवार कार्यक्रम
रासंसा/काठमाण्डौ, कार्तिक १२,
मुलुकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने नेपाल भ्रमणमा छन्। आइतबार नेपाल आइपुगेका गुटेरेस उच्च नेतृत्वसंगको भेटघाटमा व्यस्त भए। त्यस्तै आइतबार नै उनले ललितपुरस्थित पाटन दरबार क्षेत्रको भ्रमण पनि गरेका छन्। आइतबार उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग भेट गरेका थिए। गुटेरेसले सोमवार र मंगलवार भने पोखरा, लुम्बिनी, सोलुखुम्बुस्थित सगरमाथा बेसक्याम्प, अन्नपूर्ण बेसक्याम्पको भ्रमण गर्ने कार्यक्रम छ। त्यसैगरी मंगलवार नै गुटेरेसले संसदलाई सम्बोधन गर्ने छन्।