एक केजी सुनसहित रसुवागढी नाकाबाट महिला पक्राउ
रासंसा/काठमाण्डौ, भाद्र १७,
मुलुकमा रसुवागढी नाकाबाट एक केजी सुनसहित महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका-१ की ४१ वर्षीया पाछेमु तामाङ (गुरुङ) रहेकी छन्। चीनबाट नेपाल तर्फ पैदल आउँदै गरेकी उनको साथबाट लुकाई छिपाई ४ वटा टुक्रा पारी ल्याएको सुन फेला परेको हो। शनिबार बिहान ११:२५ मा रसुवागढीस्थित मितेरी पुलमा इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी निरीक्षक सुमन कुमार थापाको कमाण्डमा खटिएको प्रहरी टोली, सशस्त्र प्रहरी बल र रसुवा भन्सार कार्यालयको संयुक्त चेकिङ टोलीले उनलाई पक्राउ गरेको हो।
Like