‘महानगरको गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु’ – बालेन शाह
रासंसा/काठमाण्डौ, भाद्र १७,
मुलुकमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले सरकारप्रति आक्रोश व्यक्त गरेका छन्। उनले संघीय सरकारलाई ‘चोर’ को संज्ञा दिँदै लेखेका छन् ‘आजको लागी केही भएन , भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’ शनिबार साँझ सामाजिक संजाल मार्फत एक स्ट्याटस लेख्दै उनले महानगरको गाडी सरकारबाट रोकिए आगो लगाइदिने भन्दै आक्रोश व्यक्त गरेका हुन्। मेयर बालेन सरकारसँग आक्रोशित देखिएका छन्। उनको स्ट्याटसले महानगरपालिकाको गाडी कुनै सरकारी नेतृत्वद्वारा रोक लगाउन खोजेको संकेत दिन्छ। यद्यपि उनले विस्तृतमा केही खुलाएका छैनन्। मेयर बालेनले सामाजिक संजाल मार्फत सरकारप्रति तिखो प्रहार गर्दै आइरहेका छन्।
Like