अध्यक्ष ओलीको भनाई द्वन्द्व विश्व शान्तिका लागि समस्या

Share to:

रासंसा/काठमाण्डौ, श्रावण १२,

मुलुकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्व विश्व शान्तिका लागि समस्या भएको बताएका छन्। “कतिपय ठूला देशले अन्य मुलुकमा द्वन्द्व र तनाव सिर्जना थप्ने काम गरेका छन्”, उनले भने, “जसले गर्दा विश्व शान्ति स्थापना गर्न चुनौती भएको छ।” उनले आफूहरूले शान्ति स्थापना गर्न लागिपरेको बताउँदै नेपाल द्वन्द्व र हिंसाको पक्षधर नबन्ने बताए। लतिलपुर च्यासलस्थित पार्टी मुख्यालयमा आज वल्र्ड पिस काउन्सिलका दक्षिण एसियाका प्रतिनिधिसँगको अन्तक्र्रियामा उनले केही देशमा भइरहेको द्वन्द्व विश्व शान्तिका लागि चुनौतीका रूपमा रहेको बताए। अध्यक्ष ओलीले अहिले गरिबी र भोकमरीले मानिसले शान्तिको अनुभूति गर्न नसकेको भन्दै मानिसलाई गरिबी र भोकमरीबाट मुक्त गर्नुपर्नेमा जोड दिए। नेपाल पिस एन्ड सोलिडारिटी काउन्सिलका संयोजक रवीन्द्र अधिकारीले शान्तिका लागि राजनीतिक दलहरूको भूमिका महत्त्वपूर्ण हुने बताए। उनले मानवअधिकार, सामाजिक न्याय र भयरहित वातावरणमा बाँच्न पाउनुपर्ने मानिसको अधिकार भएको बताउँदै नेपालमा महिला अधिकारका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि भएको बताए। अध्यक्ष ओलीले काउन्सिललाई विश्व शान्ति स्थापनाका लागि प्रभावकारीरूपमा काम गर्न आग्रह गरे।

Like