बिँडी माग्दा नदिएपछि मगन्तेको हत्या
रासंसा/सप्तरी, श्रावण ५,
मुलुकमा बिँडी माग्दा नदिएपछि सप्तरीमा एक मगन्तेको हत्या भएको खुलेको छ । पाँच दिनअघि भएको सो घटनाका अभियुक्त पक्राउ परेपछि एउटा बिँडीका लागि हत्या भएको खुलेको हो । इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक रायका अनुसार शंकास्पद अवस्थामा रहेको शव फेला परेपछि पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएको थियो । टाउको र कानबाट रगत बगिरहेको अवस्थामा भेटिएको शवको प्रकृति हेर्दा कुटपिटबाट हत्या भएको आशंकाले पोस्टमार्टमका लागि पठाइएको उनले बताए । गत ३१ असारमा कञ्चनरूप नगरपालिका–१ स्थित बेरियर चोकमा रहेको यात्रु प्रतीक्षालयमा बास बस्दै आएका नाम, थर, ठेगाना नखुलेको अन्दाजी ३० वर्षीय एक वृद्ध मगन्तेको मृत शरीर फेला परेको थियो । हत्या’bout अनुसन्धानको क्रममा बुझ्दै जाँदा शव फेला परेको दिन एका बिहानको समयमा सो यात्रु प्रतीक्षालयनजिक एक युवक शंकास्पद अवस्थामा घुमिरहेको र निजको हुलिया’bout समेत स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । सोही हुलिया मिल्ने कञ्चनरूप नगरपालिका–१० बदगामाका २८ वर्षीय मनोज पासवानलाई अघिल्लो दिन बुधबार प्रहरीले नियन्त्रणमा लिएर कडाइका साथ सोधपुछ सुरु गरेका थिए । सोधपुछका क्रममा निजले मगन्तेको हत्या गरेको स्विकारेको डिएसपी रायले बताए । पक्राउ परेका मनोजलाई बिहीबार कर्तव्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । एकाबिहान घुम्दै गरेको समयमा बिँडी सल्काएर पिइरहेको मगन्तेलाई देखेपछि इच्छा लागेर आफूले पनि एउटा बिँडी माग्दा गालीगलौजमा उत्रेपछि उसकै लठ्ठी खोसेर ४÷५ पटक टाउकोमा हिर्काई भागेको मनोजले प्रहरीसँगको बयानमा भनेका छन् । आफू भागेको दुई घण्टापछि वृद्ध मगन्तेको मृत्यु भएको थाहा पाएको पनि मनोजले बताएको डिएसपी रायले सुनाए ।