अन्य थपदेशप्रदेश-३ [बागमती]मुख्य समाचारसमाचारहेडलाइन

बाढीमा परेर ज्यान गुमाउनेको संख्या ३ सय ५९ जना पुग्यो

Share to:

रासंसा/काठमाण्डौ, भाद्र ११,

मुलुकमा रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या ३ सय ५९ पुगेको छ। प्रहरी प्रधान कार्यालय काठमाडौंले दिएको पछिल्लो विवरणअनुसार ३ सय ५९ शव भेटिएको हो। चितवनमा सबैभन्दा धेरै १३२ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा २, धादिङमा ३३, गोरखामा ३०, नुवाकोटमा २, तनहुँमा २२, रसुवामा १७ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको हो। प्रहरी प्रधान कार्यालयको साँझ ५ बजेसम्मको तथ्यांकअनुसार बाढीमा परी बेपत्ता भएका ३५९ जनाको शव फेला परेको छ। बाढीमा परेका ६३ जना घाइतेको काठमाडौंमा उपचार भइरहेको छ। त्रिवि शिक्षण अस्पतालमा ३१ जनाको उपचार भइरहेको छ। उपचारपछि ५ जना डिस्चार्ज भइसकेका छन्। ट्रमा सेन्टरमा २२ जना, नर्भिक, वीर र मनमोहन अस्पतालमा २/२ जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। ग्रान्डी, मनमैजु शुभम्, ग्रिनसिटी र वीरेन्द्र सैनिक अस्पतालमा एक एक जनाको उपचार भइरहेको पनि प्रहरीले बताएको छ।

Like