संचार क्षेत्रका सबैभन्दा बढी पटक रक्तदान गर्ने रक्तदाता के. बि. सम्राटले दिए ११५ औं पटक रक्तदान
रासंसा/काठमाण्डौ, बैशाख १४,
सेभ द नेशन मिडिया तथा रिटायर्ड क्लब नेपाल एवं पशुपति अन्नपुर्णा आश्रमका अध्यक्ष, राष्ट्र संरक्षण साप्ताहिकका प्रकाशक/सम्पादक, स्वतन्त्र पत्रकार संघ नेपालका वरिष्ठ उपाध्यक्ष, नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखा सदस्य, सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका प्रमुख सल्लाहकार, ॐ कैलाश शिव ढुङ्गा शिवशक्ती महापीठ धामका संरक्षक, विश्व शान्ति ध्यान केन्द्रका सचिव, चरित्र निर्माण संघका सदस्य, पाशुपत योग आश्रमका सल्लाहकार के. बि. सम्राटले ११५ औं पटक रक्तदान गर्नुभएको छ ।




सबै किसिमका तह पदीय ब्यक्तिब्यक्तित्वहरुलाई संदेश दिदै सम्राटले नियमित रुपमा रक्तदान गर्दै आए आफ्नो स्वास्थ्य आफैले स्वास्थ्य राख्न सहज हुने बताउनुभयो । रक्तदान गर्नुहुने सबैले रक्तदान गरे रगतको अभाव नहुने बताउदै सम्राटले जसका लागि गाउँ गाउँ टोल टोललगायत सबै क्षेत्रमा रगत सम्बन्धि जनचेतना तथा शिक्षा मुलक कार्यक्रम राज्यले राख्दै जानुपर्छ भन्नुभयो । उहासंग सेभ द नेशन अनलाइन टेलिभिजनका प्रेसप्रतिनिधि दिपक नेपाली पनि २३ सौ वर्षमा पहिलो पटक रक्तदान गरेका थिए । सम्राटले ११५ पटक रक्तदान गरेको देखि आफुपनि उमेरले भ्याएसम्म रक्तदान गरि सबैभन्दा बढी पटक रक्तदान गर्ने दिपक नेपालीले बताए ।