७ औं अधिवेशन तथा २७ औं साधारणसभा सम्पन्न

Share to:

अन्जनराज न्यौपाने/तनहुँ, माघ २१,

श्रमको सम्मान गरौ यातायात मजदुरको जीवन स्थर सुधारौ भन्ने मुल नाराका साथ नेपाल यातायात मजदुर सघ जिल्ला कार्य समितिको ७ औं अधिवेशन तथा २७ औं साधारणसभा सम्पन्न भएको छ।

अधिवेशनको उद्घाटन गर्दै ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले देशका कुनै पनि आमूल परिवर्तन मजदुरहरुको आमआन्दोलनबाट नै संभव भएको बताए । प्रमुख न्यौपानेले जिल्ला भित्रका विभिन्न तहका मजदुरहरुलाई आईपरेका कुनै पनि समस्यबाट कत्तिपनि विचलित नभइ हातमा हात काँधमा काँध हालेर,तेरो मेरो नभनी अधि बड्नुपर्नैमा जोड् दिए। नेपाल यातायात मजदुर सघका केन्द्रीय उपाध्यक्ष अजयकुमार राईले जिल्ला, प्रदेश र केन्द्रमा जिम्मेवार पदमा वसेका सबै मजदुरहरुमा एकता सद्भाव र अपन्त्व कायम हुन जरुरी भएको बताए । नेपाल ट्रेडयुनियन काँग्रेसका सभापति सुर्यचन्द्र हड्खले श्रमको सम्मान गर्न श्रमिकलाई सम्मान गर्नुपर्नै बताए । अधिवेशनले अध्यक्ष पदमा पुनः रधुनाथ पौडेललाई सर्व सहमतरुपमा निर्वाचित गरेको छ। सघको उपाध्यक्ष पदमा श्री भद्र कडेल ,महिला उपाध्यक्ष उर्मिला जलारी,सचिव पदमा सुशील मल्ल,सहसचिव पदमा सुरेन्द्र श्रेष्ठ र कोषाध्यक्ष पदमा रामबहादुर गदाल निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा क्रमशः रवि लामा ,नवीन थापा,तिलबहादुर आले ,उतम जलारी,आदर्शअसद आलम निर्वाचि भएको निर्वाचन अधिकृत यज्ञबहादुर रानाले जानकारी दिए।

Like