नेपाल स्वयंसेवी रक्तदाता समाज कालिकास्थान गाउँपालिका समिति गठन
रासंसा/रसुवा, माघ २१,
स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा नेपाल स्वयंसेवी रक्तदाता समाज कालिकास्थान गाउँपालिका समिति गठनार्थ एक भेलाकाे आायाेजना गरियो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखाका अध्यक्ष प्रमिला लामाकाे अध्यक्षतामा आयाेजित उक्त भेलाले तारा कार्कीकाे अध्यक्षतामा ९ सदस्य रहेकाे एक कार्यसमिति चयन गरिएकाे छ । जसमा उपाध्यक्ष इन्द्रबहादुर तामाङ्ग,सचिव हेमनाथ खतिवडा,काेषाध्यक्ष बिरात तामाङ्ग लाेप्चन त्यसैगरी सदस्यहरूमा क्रमशः झेकनाथ न्याैपाने,सुमित्रा सापकोटा,दशरथ देवकोटा,डिल्ली कुमार देवकोटा, उमेश न्याैपाने रहनु भएकाे नेपाल स्वयंसेवी रक्तदाता समाज कालिकास्थान गाउँपालिका समितिकाे गठन गरिएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज कालिका गाउँपालिका समिति रसुवाका अध्यक्ष तारा कार्कीले अाउँदाे फागुन १३ गते शनिबारका दिन रक्तदान कार्यक्रमकाे आयाेजना गर्नेपनि बताउनु भयो ।
