पाँच घन्टापछि खुल्यो सरकारी वेवसाइटहरू
रासंसा/काठमाण्डौ, माघ १४,
मुलुकमा सरकारको केन्द्रीय सर्भर सञ्चालनमा आएको छ। करिब पाँच घन्टापछि सर्भर सञ्चालनमा आएको हो। सर्भर सञ्चालनमा आएसँगै सरकारी वेवसाइटहरू खुल्न थालेका छन्। राष्ट्रिय सूचना केन्द्रका सहायक निर्देशक रमेश पोखरेलले प्राविधिक कारणले सर्भर डाउन भएको बताए। ‘प्राविधिक समस्या आएर सर्भर डाउन भएको थियो। समस्या समाधान भयो। सरकारी वेवसाइटहरू खुलिसके’ उनले भने। यसअघि सर्भर डाउन हुँदा सरकारी वेवसाइटहरू ठप्प भएको थियो। सरकारी वेवसाइट र सफ्टवेयरहरू नचल्दा अति आवश्यब कामहरू पनि प्रभावित बनेको थियो।
Like