विमान दुर्घटनाबारे छानबिन गरी आगामी दिनमा सतर्कता अपनाउन नाट्टाको माग

Share to:

रासंसा/काठमाण्डौ, माघ १,

मुलुकमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले आइतबार पोखरमा भएको विमान दुर्घटनाको सत्यतथ्य छानबिन गरी आगामी दिनमा थप सतर्कता अपनाउन तथा यात्रुलाई सुरक्षित यात्राको सुनिश्चितता गराउन माग गरेको छ । आइतबार पोखरामा यती एयरलाइन्सको ९ एन एएनसी विमान दुर्घटना भएको हो । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सले उक्त दुर्घटनामा परी दिवङ्गत सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदनासमेत प्रकट गरेको छ ।नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्सले आइतबार विज्ञप्ति जारी गर्दै सुरक्षित र भरपर्दो उड्डयन क्षेत्र पर्यटनको आधार रहेको र नेपालको उड्डयन क्षेत्रको सुरक्षाका लागि सरोकारवाला र विशेष रूपमा सरकारको ध्यान जानुपर्ने आवश्यकता आफूले बारम्बार उठाइरहेको माग रहेको पनि स्मरण गराएको छ ।

Like