अनुशीलन नेपालद्वारा दुई कृति सार्वजनिकीकरण

Share to:

रासंसा/भक्तपुर, माघ १,

मुलुकमा अनुशीलन नेपालद्वारा प्रकाशित दुई कृति आज २०७९ माघ १ गते भक्तपुरस्थित शान्ति निकेतन माध्यमिक विद्यालय, राममन्दिरको सभाकक्षमा सार्वजनिकीकरण सम्पन्न भएको छ । स्वामी सच्चिदानन्द विशुद्देवका अन्तिम शिष्य योगाचार्य महात्मा सुशीलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा शङ्कर मानन्धरद्वारा लेखिएको “योग, ध्यान र साधना” चिन्तनसङ्ग्रह तथा अर्को पुस्तक “शब्दचित्रमा हामी “भित्रका कविता केलाउँदा” समीक्षा सङ्ग्रह प्रमुख अतिथिलगायत स्वामी सच्चिदानन्द विशुद्ददेवका प्रथम शिष्य स्वामी कल्याणमित्र, व्यक्ति एक प्रतिभा अनेक डा. इन्दुल के सी, अनुशीलन नेपालका अधक्ष साहित्यकार कवि जीवनाथ अधिकारी, पुर्व प्रशासक एवक योग साधक शङ्कर मानन्धर, डा. सीता सुवेदी पन्थी, विजयराम प्रजापति, बुद्धि कुमार घो तथा पह्सुपति अन्नपुर्णा आश्रमकी धार्मिक समितिकी संरक्षक माता भद्रकालीको संयुक्त रुपमा सार्वजनिकीकरण भएको थियो । कार्कायक्र्यरमको प्क्ररत्मयक्कोष प्रसारण सेभ द नेशन टेलिभिजनले गरेको थियो ।

अनुशीलन नेपालका अध्यक्ष जीवनाथ अधिकारीको सभापतित्वमा भएको सो कार्यक्रमको सञ्चालन साहित्य संस्था अनुशीलन नेपालकी सचिव टीका श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा योग, ध्यान र साधना पुस्तकका लेखकको परिचय दिँदै कार्यक्रमका सभापति जीवनाथ अधिकारीले स्वागत मन्तव्य राख्दै कार्यक्रममाथि प्रकाश पार्नुभएको थियो भने शब्दचित्रमा हामीभित्रका कविता केलाउँदा समीक्षा सङ्ग्रह पुस्तकको परिचय बुद्धिकुमार घोले प्रस्तुत गर्नुभयो । शङ्‌कर मानन्धरले लेखेको योग, ध्यान र साधना पुस्तकको सम्पादन जीवनाथ अधिकरीले तथा शब्दचित्रमा हामीभित्रका कविता केलाउँदा पुस्तकको सम्पादन डा इन्दुल केसी, बुद्धिकुमार घो तथा जीवनाथ अधिकारीले गर्नुभएको हो । मानन्धरलिखित योग, ध्यान र साधनामा ५० ओटा रचनाहरू समावेश छन् । योग, ध्यान, साधना, चिन्तन, दर्शनलगायतका विविध विषय समेटिएको उक्त चिन्तन सङ्‌ग्रहमा डा. इन्दुल केसीको भूमिका रहेको छ भने महात्मा सुशील, डा. चन्द्रमणि खनाल र सुदर्शन टुवेदीका शुभकामना समावेश छन् ।

अर्को कृति शब्दचित्रमा हामीभित्रका कविता केलाउँदा समीक्षा सङ्ग्रहमा प्रा. डा. कृष्णप्रसाद दाहाल, डा सीता सुवेदी, विमला पोखरेल र टीका श्रेष्ठले विभिन्न कोणबाट समालोचनात्मक समीक्षा गर्नुभएको छ। उक्त कार्यक्रममा मन्तव्यस्वरूप प्रमुख अतिथि महात्मा सुशील, विशेष अतिथि स्वामी कल्याणमित्र, डा. इन्दुल केसी, डा. सीता सुवेदी, विजय प्रजापति, केबी सम्राट, शङ्कर मानन्धर, बुद्धिकुमार घो, आश्मा मानन्धर र जीवनाथ अधिकारीले आफ्ना आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमका अन्त्यतिर वीरजा घिमिरे, ईन्दिरा शाही र नेत्र घिमिरेले सार्वजनिकृत पुस्तक सहभागीहरूलाई उपहारस्वरूप प्रदान गर्नुभयो । अन्तमा जलपानका रुपमा दहीचिउराको व्यवस्था गरिएको थियो ।

कार्यक्रममा अनुशीलन नेपालका आजीवन सदस्य त्रय पनौती दलिनचोक निवासी लेखक ओतबहादुर खड्का, जीवनाथ अधिकारी र वीरजा घिमिरेलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रमुख अतिथि महात्मा सुशीलका बाहुलीबाट प्रदान गरिएको थियो । ओतबहादुर खड्का उपस्थित हुन नसक्नु भएकाले साधुराम गिरीले प्रतिनिधि स्वरूप सो प्रमाणपत्र ग्रहण गर्नुभएको थियो । कार्यक्रममा महात्मा सुशील र स्वामी कल्याण मित्रलाई मायाको चिनुस्वरूप शिवमूर्ति उपहार प्रदान गरिएको थियो । कार्यक्रममा साहित्यकार, डाक्टर, शिक्षक, भद्रभलादमी लगायतका ब्यक्तिब्यक्तित्वहरुको भव्य उपस्थितिका बिच कार्यक्रम सम्पन्न भयो । उपस्थित सम्पूर्ण आदरणीयजनमा अनुशीलन नेपालका सदस्य नेत्र घिमिरेले हार्दिक आभार प्रकट गर्दै धन्यवाद प्रकट गर्नुभएको थियो । अतिथिहरुलाई माल्यार्पण कोषाध्यक्ष वीरजा घिमिरे र सदस्य इन्दिरा शाहीले गर्नुभएको थियो ।

Like