सभामुख सापकोटा र चिनियाँ राजदूत यान्छीको भेट

Share to:

रासंसा/काठमाण्डौ, आश्विन २२,

मुलुकमा सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले विदाइ भेट गरेकी छन्। राजदूत यान्छीले आज सभामुखसँग उनको सरकारी निवास लैनचौरमा विदाइ भेट गरेकी हुन्। सो अवसरमा राजदूत यान्छीले आफ्नो कार्यकालमा सङ्घीय संसद्बाट भएको सहयोगका लागि आभार व्यक्त गरिन्। भेटमा सभामुख सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमण भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गरेकामा बधाइ दिए। उनले राजदूत होउलाई नयाँ जिम्मेवारीको सफलताको शुभकामना व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ।

Like