पाशुपत योग दिवश तथा महाशिवरात्रि पर्व २०७९ भब्यताकासाथ मनाइयो
रासंसा/काठमाण्डौ, फाल्गुन 7,
मुलुकमा पाशुपत योग दिवस तथा महाशिवरात्री पर्व २०७९ भब्यताकासाथ पाशुपत योग आश्रम गोठाटारमा स्वामी सच्चिदानन्द विशुद्धदेवका सन्यासी शिष्य योगाचार्य महात्मा सुशीलको सभापति तथा पतञ्जल योग काठमाडौं जिल्ला समितिका अध्यक्ष सुरेन्द्र रिमालको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । सदाशिवले सनकादि ऋषिमुनिलाई भन्नू भएको योगको नाम पाशुपत योग हो । स्वामी सच्चिदानन्द विशुद्धदेवका सन्न्यासी शिष्य महात्मा सुशील तीन दसक भन्दा बढी श्रीपशुपति क्षेत्रमा रहेर पाशुपत योगको उत्थान एवं जागरण कार्यमा निरन्तर लाग्नुभएको छ ।
उहाँले विगत २०६८ सालमा जिल्ला प्रशासन कार्यलय काठमाडौंमा पशुपती विश्वरुपा योग आश्रम नाम रहेको योगलाई दर्ता पनि गर्नुभयो ।
सम्पूर्ण नेपाल र नेपालीका योगको नाम पाशुपत योग हो । यो श्रीपशुपतिनाथको योग हो भनी सन्यासी योगाचार्य महात्मा सुशील बताउनुहुन्छ ।
सृष्टि क्रमदेखि नै पाशुपत योग दिवश भगवान् शिवका साथ सम्पूर्ण ऋषिमुनिहरुबाट मनाउँदै आएको योगलाई महात्मा सुशीलबाट विगत २०६५ सालदेखि महाशिवरात्रि पावन पर्वमा पाशुपत योग दिवश ठुलो शभाको साथ मनाउँदै आएको पाइन्छ ।
महाशिवरात्रि पर्व २०७९ को पावन अवसरमा कागेश्वरी, मनोहरा, नगरपालिका वडा नं ८ गोठाटार, हरिहरधाम, काठमाडौं, नेपालमा श्रीपाशुपत योग तथा ध्यान आश्रमको समुद्घाटन प्रमुख अतिथि रिमालले गर्नुभयो ।
ॐ नम: शिवाय ॥ मन्त्र जपबाट स्वाहा देवयज्ञ कुण्डमा ५० जनाले होम होमादि गर्दै भएको समारोहमा योगका विशेष अतिथि किशोर दाहालबाट गुरु र शिवरात्रिको वर्णन गर्नुभयो । समाजसेवी ॐ नम: शिवायबाट चार रात्रि सुखरात्रि, कालरात्रि, मोहरात्रि र महाशिवरात्रिका विषयमा ब्याख्या गर्दै शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो । ईन्जिनियर श्रीसुरेश वज्राचार्यले चेतनाको शुद्धीकरणबाट नै अध्यात्मको ढोका खुल्छ भन्नुभयो । श्रीमती भगवतीले शिव स्तुति गर्नुभयो । पतञ्जल योगका ददिराम बञ्जरा र अन्य योगीहरूबाट भजन, किर्तन, पातञ्जल योग र महाशिवरात्रि सम्बन्धि मन्तव्य दिनुभयो ।
प्रमुख अतिथिको आसनबाट सुरेन्द्र रिमालले पाशुपत योग र पातञ्जल योगमा कुनै भेद छैन । कृष्ण र शुक्लपक्षका दुबै तिथि भगवान् शिवको विशेष तिथि हो, त्यसमा पनि महाशिवरात्रि उहाँको सर्वश्रेष्ठ तिथि हो, जो आज सम्पूर्ण शिवभक्तहरुले विश्वमा मनाउँदै छन् ।
अन्तमा सभाका सभापति महात्मा सशीलबाट हंसोपनिषद्को कुण्डलिनी ध्यान विधि र अन्य चर्चा गर्दै सभा विसर्जन भयो ।
उक्त कार्यक्रमको सञ्चालन श्रीचन्द्र सापकोटाज्यूबाट सभाको शोभा बढाउदै सुन्दर तरिकाले गर्नुभएको थियो।