तनहुको शुक्लागण्डकीमा अविरल वर्षाले १३ घरमा बाढी पस्यो

अन्जनराज न्यौपाने
तनहुँ, ३१ भदौ (२०८३): जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. २ एक्लेखेतमा अविरल वर्षाका कारण ताकुडाँडाको खोल्सीमा पानीको बहाव बढेर बस्तीमा बाढी पसेको छ।
मिति २०८३ साल भदौ ३१ गते राति करिब ०२:०० बजेको समयमा आएको बाढी स्थानीय बासिन्दाहरूको घरमा प्रवेश गरेको हो। घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कोत्रेबाटप्रहरी वरिष्ठ नायव निरीक्षक (प्र.स.नि.) रामचन्द्र पौडेलको कमाण्डमा तत्काल उद्धार टोली खटिगएको थियो।
प्रहरी र स्थानीयको सक्रियताका कारण यस घटनामा कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हाल खोलामा पानीको बहाव पूर्ण रूपमा घटीसकेको छ र स्थिति सामान्य बन्दै गएको छ।
बाढीबाट प्रभावित घरहरूको विवरण:
कुल प्रसाद पन्थी (वर्ष ४५) – २ तले पक्की घर
टिका पुन (वर्ष २७) – १ तले कच्ची घर
हर्क बहादुर पुन (वर्ष ६८) – १ तले पक्की घर
तिल कुमारी पुन (वर्ष ७२) – १ तले कच्ची घर
खिल बहादुर पुन (वर्ष ५०) – १ तले कच्ची घर
कलिमाँया पन्थी (वर्ष ८७) – १ तले कच्ची घर
नम मायाँ तिलिजा पुन (वर्ष ५०) – १ तले कच्ची घर
शंकर बि.क. (वर्ष ५०) – १ तले कच्ची घर
नर बहादुर बि.क. (वर्ष ६०) – १ तले कच्ची घर
लुक कुमारी पुन (वर्ष ४०) – १ तले कच्ची घर
दुरुपती पौडेल (वर्ष ७५) – १ तले कच्ची घर
खेम बहादुर बि.क. (वर्ष ४५) – १ तले कच्ची घर
मिना सुबेदी (वर्ष ३७) – २ तले पक्की घर
सन्देश: वर्षायाममा प्राकृतिक विपद् जुनसुकै बेला आउन सक्ने हुनाले खोला किनार वा जोखिमयुक्त वस्तीमा बसोबास गर्नुहुने सम्पूर्ण नागरिकहरूले उच्च सतर्कता अपनाउनु हुन तथा स्थानीय प्रशासनको सूचनालाई पालना गर्नु हुन जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख टेकबहादुर कार्कीले अपिल गरेका छन्।
