रासंसा/काठमाण्डौ, आषाढ २७,
मुलुकमा बुद्धनगरमा आत्मदाहको प्रयास गरेका उद्यमी आश्विन राउतको निधन भएको छ । आज बिहान भान्सामा गएर आफ्नो शरीरमा आगो लगाएका ५० वर्षीय राउतको वीर अस्पतालमा निधन भएको हो । राउतको आत्मदाहको प्रयासको कारण भने खुलेको छैन । त्यस’bout अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो । सघन कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको थियो । राउतको शरीर ६० प्रतिशतभन्दा बढी भाग जलेको थियो ।
Like
